अन्तरवार्ता लिनेले तपाईले सोचेको भन्दा भिन्न प्रश्न विरलै मात्र सोध्छ । मैले धेरै अन्तरवार्ता दिए । अन्तरवार्ताकारले सोध्ने प्रश्नहरु सधै उस्तै–उस्तै नै हुन्छ त्यसैले म अन्तरवार्तामा एउटै खालको उत्तर दिन सक्थे । –ईटालो क्याल्भीनो । 
हालसालै सिमा विवाद सम्बन्धि २ वटा भाईरल अन्तरवार्ताहरु हामीले हेरयौ । पहिलो रबि लामेछानेको सिधा कुरा जनता सँग र अर्को ऋसी धमलाको जनता जान्न चाहन्छ । 
रवि लामिछानले भारतिय कुटनितिज्ञ तथा सिमा विज्ञहरु सँग अनलाईन बहसमा आधारित कार्यक्रम सन्चालन गरे । यो वहसमा लामिछाने केहि नर्भस देखीए । अङग्रेजी भाषामा उनले चाहेको कुरा स्पष्ट शब्दमा राख्न नसकेको प्रष्ट देखियो । कार्यक्रमको स्वरुप नै अन्तरवार्ता लिने किसिमको नभएकोले होला वा उनले पहिलो पल्ट अंग्रेजी भाषामा कार्यक्रम सन्चालन गरेकोले पनी यस्तो भएको हुन सक्छ । यद्यपि उनले २ देश विच विवादित तथा ब्यापक जनचासोको विषयमा बहस आयोजना गर्नु र त्यस विषयमा जवाफ दिन सक्ने भारतिय  ‘हेवी वेट पर्सनालिटिहरु’ बाट जवाफ लिन सक्नु उनको कार्यक्रमको विशेषता रहयो ।  
दोश्रो – ऋषि धमलाले सरिता गिरी सँग लिएको अन्तरवार्तामा धमला पुरै कार्यक्रमभरि तर्कहिन देखीए र चिच्याई मात्र रहे । कार्यक्रममा सरिता गिरी पुर्ण गृहकार्य गरेर आएको देखियो । ऋषि धमलाले कम्तिमा रवि लामिछानेको कार्यक्रम मात्र हेरेको भए पनि उनी सँग अन्र्तवार्ताका लागी पर्याप्त तयारी हुन सक्थ्यो । बिहान उठे देखि राती सुत्ने बेलासम्म दर्जनौ मिडियामा काम गर्छु भन्ने धमला सँग कार्यक्रमको तयारी गर्नै पर्याप्त समय नभयर हुन सक्छ तर राष्ट्रियता सँग सवाल जोडिएको विषयमा जनमानसले धेरै आशा राखेको हुन्छ । पर्याप्त ज्ञान, अध्ययन र गृहकार्य बिना गरिने यस्ता अन्तरवार्ताहरु झनै प्रत्युत्पादक हुन्छन । यद्यपि भारतिय कार्यक्रम प्रस्तोताको झल्को दिने गरि उनले चलाउने कार्यक्रमको शैलीले सामाजिक सन्जालहरु लाई भने मज्जाले तताउने गर्छ । 
रबिन्द्र मिश्रले बिबिसि सेवा वाट राजिनामा दिएर राजनितीमा प्रवेश गरेपछिको एउटा लाईभ अन्तरवार्तामा मैले उनलाई सोधेको थिए , तपाई जस्तो मान्छेले राजनिती शुरु गरेपछि, नेपाली पत्रकारिताले राम्रो मान्छे गुमाउछ नी, त्यो घाटा कसरी पुर्ति होला ? जवाफ दिदा उनि एकछिन अक्मक्यिर, आफ्नै शैलीमा ‘जवाफका लागी’ जवाफ दिएका थिए । तर मिश्रले बिगतमा लिएका अन्तरवार्ताहरु सुन्दा आनन्द आउथ्यो । उनका पाहुनाले दिने जवाफहरुले मेरो प्रश्नहरुलाई प्रतिनिधित्व गरेको झै लाग्थ्यो ।  
अहिले नाम चलेका प्रस्तोता भुषण दाहाल केहि समय यता कार्यक्रममा देखिन छोडेका छन ।  दाहालको कार्यक्रम सन्चालन गर्दा देखीने शालिनता तथा उत्तर सुन्न सक्ने धैर्यता बाट को पो कायल नहोला र ? अर्का नाम चलेका प्रस्तोता बिजय कुमारको टेलिभिजन प्रस्तुति जति शालिन छ उनको स्तम्भ लेखन चाँहि त्यती नै ‘कडा’ लाग्छ । आजकल बिजय कुमारले कार्यक्रमको धार परिवर्तन गरे जस्तो देखिन्छ । उनि राजनिती वा भौतिक विषय भन्दा आध्यामिक विषय बस्तुमा केन्द्रित भएर कार्यक्रम प्रस्तुत गर्दै छन कि भन्ने भान हुन्छ । अहिलेको बर्तमान राजनैतिक परिस्थितीमा, सिमा समस्या, महाब्याधीका बिच कैयौ जनचासोका बिषयहरु थन्कीएका अवस्थामा भुषण दाहाल र विजय कुमार जस्ता प्रस्तोताहरुको उपस्थिती अझ बढि अर्थपुर्ण हुन्थ्यो । नत्र सिके लाल, प्रदिप गिरी, खगेन्द्र सङग्रौला, गगन थापा, युवराज खतिवडा जस्ता ब्यक्तिव सँग अन्तरवार्ता लिन चाहिने ज्ञान, अध्ययन, अनुभव, तयारी, तर्क र ‘वेट’ भएका प्रस्तोताहरु बजारमा थोरै छन । उपलब्ध टिकाराम भट्टराई तथा दिलभुषण पाठकहरुले सबै जनचासो सम्बोधन गर्न असम्भव छ । यति बेला ईन्द्र लोहोनी जस्ता गुदि प्रश्न सोध्ने र धित मर्ने गरि उत्तर लिन सक्ने प्रस्तोताको अभाव खडकिएको छ । स्मरण रहोस ७२र७३ को जनआन्दोलन ताका उनको कार्यक्रमले धेरै जनप्रश्नहरु लाई खुराक पु-याएका थिए । 
देशमा अन्यौलता छाँउदा जस्तो राजदरवार हत्याकाण्ड,  देश परिवर्तनको पुर्व सन्ध्यामा हुँदा जस्तो- ७२/७३ को जनआन्दोलन, देशमा विपत्ति आईपर्दा जस्तो(महाभुकम्प तथा भारतिय नाकाबन्दी तथा अहिलेकोजस्तो महाब्याधी–हाम्रो पुस्ताले भोगेको सम्भवतः सबैभन्दा ठुलो महामारी र यसैको आडमा भै रहेको भ्रष्टाचार, सिमा समस्या, तथा बन्दाबन्दीका विच विकसित राजनैतिक घटनाक्रमका वेला जनमानसमा उब्जीयका हजारौ अनुत्तरित प्रश्नहरु र यसै विच च्याउ झै मौलाएका युट्युब पत्रकारीताले छर्ने भ्रमपुर्ण समाचारहरुले देशलाई  ‘ग्रेट डिप्रेशन’ को शिकार बनाउने पक्का छ ।  
– राज कुमार थापा
Twitter : @notonlyraj
मेरो कोटको कथा 
-by Binod Poudel


यतीबेला एन आर एन अष्ट्रेलियाको चुनावी माहोल चलीरहेको कुरा हामी सबैलाई सर्बविदितै छ ।  यसै क्रममा सम्पूर्ण उम्मेद्वारहरुको चिटिक्क परेका फोटाहरु समेटिएका फेसबुकका भित्ताहरुमा छ्यापछ्यप्ती भै रहेका छन !

मेरो पोस्टरमा अली फरक पहिरन (कोट) जुन अन्य भन्दा अली आकर्षक नभएको र अरु बेलामा मेरा फोटाहरुमा आउने पहिरन जस्तै चिटिक्क परेको हाल्नु पर्‍यो भनेर केही शुभचिन्तकहरुले मलाई फोन र म्यासेज मार्फत आग्रह गर्नु भयो ! उहाँहरुको सदभाब देखेर खुशी लाग्यो अनी मैले जब यो कोटको बारेमा व्याख्या गरें उहाँहरु झन खुशी हुँदै अझ प्रभावित भएको जनकारी गराउनु भयो र मैले जित्नै पर्छ भन्ने मा जोड दिनु भयो !

खासमा यो पहिरनमा प्रयोग भएको कपडा नेपालमा हातैले बुनेको सिस्नुबाट निकालिएको अल्लोको कपडा हो । अरु बिदेशी  कपडा भन्दा फरक अनी फिका देखिएता पनि सामाजिक त्यो पनि नेपाल तथा नेपाली मुलका हामी जस्ताहरुका लागि समर्पित संस्थामा युवा संयोजक जस्तो जिम्मेवारी पदमा आफ्नो ईक्षा गर्दै गर्दा हाम्रो मातृभूमी नेपाल झल्काउने शैलीमा प्रस्तुत मात्र नभई हाम्रो आफ्नो उत्पादनलाई पनि प्रवर्दन गर्ने हेतुले मैले विगत केही महिनादेखी यो तस्विर आफ्नो फेसबुक प्रोफाइल तथा वालमा प्रयोग गर्दै यो चुनावमा मेरो उमेद्ववारिको पोस्टर मा पनि प्रयोग गरेको हुँ! 🙏🏻 #promoteNepaliProduct #NRNAAustraliaVotes2019

यती भन्दै गर्दा तपाईंहरुलाई पुन: याद पनि दिलाउन चाहन्छु  कि, एन आर एन ए अष्ट्रेलियाको सन २०१९-२१ का लागि नेशनल कोअर्डीनेशन कमिटी (एन सि सि ) को युथ कोअर्डीनेटर् मा मैले उमेद्ववारी दिने निर्णय गरेको छु !

तपाईंको महत्वपूर्ण सुझाव मेरो उमेद्ववारीको मुख्य उत्प्रेरणा हो र जुलाई ६ तारिख का दिन यहाँहरुको बहुमुल्य साथको अपेक्ष्या गर्दछु !

भबदिय
विनोद पौडेल
#promoteNepaliProduct #NRNAAustraliaVotes2019
(बिनोद पौडेल हाल NRNA Australia को सदस्यका प्रत्यासी हुन । उनले स्वदेशी उत्पादनका पक्षमा राखेका बिचार उनको सामाजिक संजाल बाट साभार गरीएका हुन । बिचार उनका ब्यक्तिगत हुन । )



केहि बर्ष अगाडीको कुरा हो ब्रिटेनमा १६८ बर्षै इतिहास बोकेको द न्युज अफ वल्र्ड एउटा विवादास्पद फोन स्क्यान्डलका कारण बन्द भयो ।  प्रविधिको दु्रत बिकासले टोल टोलमा अनलाईन समाचार पोर्टल खुल्ने क्रम छ्याप छ्याप्ति बढेर गयो । घरै पिच्छे खुलेका मिडियाहरुले ‘पत्रकारिताको धर्म‘ को बिषयमा गर्नै सुगा रटाईको यथार्थता एकातिर होला तर विश्वब्यापि रुपमा चलेका सम्पुर्ण टोले पत्रकारीताको धर्म एउटै मानसिकता बाट निर्दैशीत छ भन्ने कुरामा चाहि विश्वास नगर्नु नै उत्तम होला ।

मैले माथि उठान गरेका बिषय बस्तु अष्टे«लयामा लुट २ फिल्म प्रर्दशन हुनु पुर्ब आएको प्राबिधिक समस्या तथा ‘जहा समस्या त्यसमै राजनिति’ गर्न पल्केका टोले पत्रकार माथि लक्षीत छ भन्ने थाहा पाउन धेरै नघोत्लीनै परेन । 
अष्ट्रेलियामा ‘लुट २’ नचल्दा यहाँ फिल्म हेर्न पुगेका हजारौ पिडितहरु प्रति हामी सबैको सहानुभुति छ, यसका बिषयमा निर्दैशक स्वयंले कारण सहित माफि मागिसकेको परिप्रेक्ष्यमा कुनै पत्रिकाले स्रोत उल्लेख नगरिकन एकतर्फी समाचार छाप्दा परदेशमा दुर्घटनाको कारण बन्न सक्थ्यो । जिम्मेवार पत्रकारको काम समाचार सम्प्रेषण गर्नु हो निर्णय दिने होइन । लुट २ को हकमा पत्रिकाले फिल्म प्रर्दशन भयो वा भएन सो भन्न सक्ला ठगिएकै हो वा होईन भन्ने निर्णय दिने निकाय कुनै मिडिया हाउस किमार्थ होइन यद्यपि पत्रिकाले कुनै दर्शकको भनाई उदृत गरेर राख्न भने पक्कै सक्थ्यो । 

सानो स्वार्थका लागी गरिने टोले मिसन पत्रकारीताले सानो संख्यामा परदेशमा रहेका नेपाली नेपाली बिचमा लडाएर, बिदेशी हसाएर कसैलाई केहि फाईदा हुदैन । परिपक्क पत्रकारीता गरौ, कसले कसलाई ठग्यो, ठगेमा कति कारवाहि हुने त्यो काम पत्रकारको नभएर सम्बन्धित देशको प्रहरी तथा अदालतकै होला । नत्र के थाहा पत्रकारीताले बाटो विराउदा ब्रिटेनको १६८ बर्षै इतिहास बोकेको ‘द न्युज अफ वल्र्ड‘ त बन्द भयो झन हामि टोले पत्रकारको त के कुरा । 

                                                                                                                                -राज कुमार थापा





प्रविधिको विकाससंगै यसको दुरुपयोगको समाचार प्रत्येक दिनजसो सुन्नमा आइरहन्छ। कहिले फेसबुक त कहिले अनलाईन बैकिङ्ग एकाउन्ट ह्याक भई यसबाट नराम्रा नतिजा आएको सुन्नमा आइरहेको हुन्छ। 

 
हाम्रो जस्तो देशमा धेरैजसोले पर्याप्त जानकारी बिना नै इन्टरनेटसंग सम्बन्धित सेवा जस्तै फेसबुक, भाइबर, ह्वाटस्एप, इमेल लगायत प्रयोग गरिएको पाइन्छ। पर्याप्त जानकारी नभएकै कारण दैनिकजसो धेरैले समस्या झेल्नुपरेको समाचार पनि आइरहन्छ।
त्यसैले यी सबै सेवा सुरक्षित रुपमा प्रयोग गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। यसमा पनि सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको सुरक्षित र बलियो पासवर्ड राख्नु हो। 
बलियो तथा सुरक्षित पासवर्ड राख्ने केही उपाय यस्ता छन्ः 
१. पासवर्ड राख्दा अरुले सजिलै अनुमान नलगाउने खाले राख्ने। जस्तै कसैको नाम, ठेगाना, जन्ममिति, फोन नम्बर, गाडी नम्बर कहिल्यै नराख्ने। यस्ता पासवर्ड प्रयोगकर्ताको नजिककाले सजिलै अनुमान लगाउन सक्छन्। 
२. पासवर्ड राख्दा अंग्रेजी शब्दकोशमा उपलब्ध हुने शब्द पनि नराख्ने। जस्तै Apple, badminton, picture, triangle, zebra । यस्ता पासवर्ड ह्याकरले चोर्न डिस्कनेरी अट्याक सफ्टवेयरको प्रयोग गर्न सक्छन्। यो सफ्टवेयरले प्रतिसेकेण्ड हजारौँ शब्द चेक गरेर केही मिनेटमै पत्ता लगाउन सक्छ। त्यसैले शब्दकोशमा उपलब्ध शब्द सिधै, उल्टो पारे वा अक्षर यताउता पारेर राख्दैमा पासवर्ड बलियो हुँदैन। 
३. पासवर्ड छान्दा अल्फाबेट (a to z, A to Z क्यापिटल र स्माल दुबै), नम्बर (0 to 9) र सिम्बोल (!, @, #, $, %, *, ~) को सम्मिश्रण गरेर राख्दा बलियो हुन्छ। पासवर्ड ६ अक्षरभन्दा बढी हुनुपर्छ। आफ्नो परिस्थितीको कल्पना गरेर पासवर्ड राख्न सकिन्छ। जस्तै म बिहान सबेरै ५ बजे उठछु, (I get Up Early In The Morning at 5 O’Clock) । यो वाक्यको अगाडिका अक्षरको मिश्रण गरेर यस्तो पासवर्ड राख्न सकिन्छ, Igueim@5Oc। यो सम्झिन सजिलो हुनुका साथै सबैको मिश्रण भएकाले सुरक्षित पनि हुन्छ।
४. अनलाईन ब्यांकिङमा हुने पासवर्ड अन्य कुनै एकाउन्टमा पुनः प्रयोग गर्नुहुँदैन। त्यस्तै साइबर तथा सार्वजनिक प्रयोग हुने स्थानमामा ई ब्यांकिङ जस्ता संवेदनशील एकाउन्ट लगइन गर्नुहुँदैन।
५. पासवर्ड कहीँ लेखेर राख्नु हुँदैन। दिमागमा सम्झिदा राम्रो हुन्छ तर लेख्नै परे पुरै पासवर्ड नलेखेर हिन्ट मात्र लेखेर सुरक्षित राख्ने।
६. धेरै जसो नयाँ एकाउन्ट साईन अप गर्दा सेक्युरिटी प्रश्न र उत्तर लेख्नुपर्ने हुन्छ। भबिष्यमा पासवर्ड रिसेट गर्नुपर्दा सेक्युरिटि प्रश्नको आधारमा रिसेट गर्न सकिन्छ। यस्ता प्रश्नको उत्तर लेख्दा सही उत्तर नदिनु राम्रो। जस्तै पहिलो विद्यालयको नाम के हो भन्ने प्रश्नमा एलिफेन्ट भन्ने उत्तर राख्दा राम्रो। यसो गर्दा तपाईँको नजिकका मित्रले पनि पासवर्ड रिसेट गर्न सक्दैनन्। 
७. आजकल जिमेल, फेसबुकजस्ता एकाउन्टमा दोहोरो सुरक्षाको सुविधा हुन्छ। यसको अर्थ युजर नेम तथा पासवर्ड हालिसकेपछि मोबाइलमा एकपटक प्रयोग गर्न मिल्ने कोड आउँछ। यसको प्रयोगले एकाउन्ट दुरुपयोग हुनसक्ने सम्भावना न्यून हुन्छ। 
माथि दिईएका साबधानीका बाबजुद अन्य कारणबाट पनि एकाउन्ट ह्याक हुनसक्छ। यसका लागि प्रयोगकर्ता सधैँ चनाखो रहनुपर्छ। बेलाबेलामा पासवर्ड परिवर्तन गरिरहनु पर्छ र एकाउन्ट ह्याक भएर दुरुपयोग भएको थाहा पाउने वित्तिकै प्रहरीको सहायता लिनु राम्रो हुन्छ। 

Published on Setopati: 

http://kinmel.setopati.com/suchana-prawidhi/38131/
ह्याकरले कस्तो पासवर्ड हयाक गर्न कति समय लगाउछन? थाहा पाउनुस । 
-source:Twentytwowords.com
एउटा अचम्मको भाइरस ‘रमबर्टिक’ जुन अहिले कम्प्युटर शुरक्षा खोजकर्ताहरुको टाउको दुखाइको बिषय बनेको छ । सिस्को सिस्टमको टेलस गु्रपले पत्ता लगाएको यो एक किसिमको मार्लवेयर हो जुन इमेलमा अट्याच भएर आउछ र कम्प्युटरमा हुने सम्पुर्ण गतिबिधिहरुलाइ निगरानी गर्नुका साथै महत्पुर्ण सुचनाहरुलाई चोरी गर्दछ । तपाइले इन्टरनेट चलाउदा खोलेका सम्पुर्ण अकाउन्ट, मेल, साइट लगायतका अन्य सुक्ष्म जानकारीहरुको समेत निगरानी गर्न यो भाइरस सक्षम छ । यो भाईरसलाई ‘माईक्रोसफ्ट बिण्डोजमा ‘ पहिचान गर्न अहिलेसम्म असम्भव प्राःय छ । ‘रमबर्टिक’ले अन्य भाइरसहरुले जस्तै एउटै फाइलहरुलाई कैयो पटक डुप्लिकेटिङ गर्नुका साथै आफुले–आफुलाई नाश पनि गर्न सक्छ, जसकारण यसलाई ‘आत्मघाति’ भाइरस पनि भनिन्छ । यो भाईरस सकृय हुनु पूर्व आफुलाई अरु कसैले चेक–जाँच गर्ने प्रयास गरेको छ कि छैन भन्ने कुराको निश्चित गर्छ, आफु निश्चिन्त भै सके पछि मात्र यो भाईरसले आफ्नो काम गर्न शुरु गर्छ । यदि उसलाई कसैले बिश्लेषण वा पहिचान गर्ने कोशीश गरेको भान भएमा उसले विण्डोजको ‘मास्टर बुट रेकर्ड ‘ भन्ने फाइललाई नाश गरिदिन्छ र कम्प्युटर रि–स्टार्ट गर्छ, त्यसपछि कम्प्युटर खुल्दैन । निरन्तर अन्त्यहिन रि–स्टार्ट मात्र भै रहन्छ, जसको कारण तपाईको कम्प्युटरमा भएको सम्पुर्ण डाटाहरु नाश हुन जान्छ ।
यो भाइरस बाट बच्न कम्प्युटरमा एन्टि भाइरस सफट्वेयर अप–टु–डेट राख्ने तथा अपरिचित इमेल तथा अट्याचमेन्टहरु खोल्दै नखोल्ने ।

(स्रोत ःबिभिन्न अनलाइन ब्लगहरु तथा गुगल खोजी)
राज कुमार थापा

        
विवादका स्वरुप फरक तर ब्यक्ती उहि प्रसंग नेपाली फुटबलको नेपाली फुटबलका सर्बाधिक विवादीत छवि वनाएका गणेश थापा नेपाली खेलकुदका सर्बाधिक बिवादित ब्यक्तीत्व हुन भन्दा अतियुक्ति नहोला सन् १९९५ देखी अहिले सम्म करिव १९ बर्ष अध्यक्ष पदमा रहेका उनि एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत हुन उनि एन्फाको अध्यक्ष भएको १९ बर्षयता मुस्कीलले १८, १९ वटा भन्दा पनि कम तारीफ योग्य उपलब्धिमुलक काम गरे होलान जुन सजिलै औंला भाचेर गन्न सकिन्छ तर यस बिच उनले जुन ताण्डव मच्चाए त्यो पक्कै पनि गन्न नसक्नु  
सन् २००९ मा मोहम्मद विन हमाम वाट अनधिकृत रुपमा लाख डलर गिफ्ट मनिको रुपमा आफ्नो छोरा गौरव थापाको ब्यक्तिगत बैंक अकाउन्टमा जम्मा भएको चर्चाहरु बिच घुमिरहे यस बिच कहीले क्लब फुटबलहरुको आन्दोलनका बिषयहरु देखी ब्यक्तीगत मुडको भरमा एन्फा चलाउने बिषयहरुका बिचमा बिभिन्न कारणहरुले  प्रायः बिवाद अनि चर्चाहरुको केन्द बिन्दुमा घुमिरहे थापा अहिले फेरी चर्चामा छन उनै थापा, ५८ करोड रुपैया भ्रष्टाचार आरोपमा फिफाको भ्रष्टाचार कारबाहि बाट निलम्बित तत्कालीन एसियाली फुटबल महासंघ अध्यक्ष विन हमाम बाट लिएको लाख डलर लाई सापटि लिएको तर्क गर्दै आफनो बचाउ गरेका थापा यो ५८ करोड हिनामीना गरेको प्रकरणमा आफ्नो बचाउ गर्न पत्रकार सम्मेलन गरी आफुलाई कारबाही गरे फिफाले नेपाललाई कारबाही गर्ने हास्यास्पद तर्क गरे यदि यसपटक उनको यो तर्कले काम गरेमा उनि नेपाली फुटबलका भ्रष्टाचार गर्न अनुमती प्राप्त गर्ने तानाशाह नबन्लान भन्न सकिन्न नत्र उनलाई आरोप लाग्ने बित्तीकै थप अनुसन्धान गर्न सहयोग गर्नकै लागी भएपनी नैतिकताको आधारमा राजीनामा दिनुपर्ने होइन ?
नेपाली फुटबलमा गणेश थापा कुनै चामात्कारीक नाम होइन उनले नेपाली फुटबलमा त्यत्रो चामात्कारीक गुण लगाएका छन् १९ बर्ष कुनै संस्था भित्र युगान्तकारी परिवर्तन ल्याउन पर्याप्त समय हो यो समयमा नेताहरु नेपाल सिंगो देशलाई नै स्वीजरल्यान्ड सिङ्गापुर बनाउने कुरा गर्छन तर थापाले संस्थामा टिकिरहन आफु अनुकुल बिधान परिवर्तन गर्ने देखि लिएर आफु अनुकुल कोठे बैठकहरु सम्म गरे रे अनि फुटबललाई आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्ने भाडो मात्र बनाए
 यत्रो बर्षहरुमा एन्फाले उनि भन्दा धेरै राम्रो गर्न सक्ने ब्यक्तिहरु गुमाई सक्यो थापाले आफ्नो तानाशाह लादेर नेपाली फुटबल लाई लामो समयसम्म बन्दी बनाएर राखे एन्फाको बिधान पनि आफु मात्र अध्यक्ष बन्ने गरी संशोधन गर्दै गए अनि नेपाली फुटबल लाई दशक पछाडी धकेले नत्र नेपाली फुटबल टिमले अन्तराष्टिय प्रतियोगीताहरुमा सधैं गोल खाने मात्र बानि पार्न बाध्य हुन्थेन होला
ढिलै भएपनी थापालाई सरकारले नेपाली फुटबलबाट बिश्राम दिनु पर्छ नेपाली फुटबलको सर्वोच्व संस्थालाइ प्रजातान्त्रिक, जिम्मेवार अनि जवाफदेही बनाउन भए पनि उनलाइ बिश्राम दिनु पर्छ उनि दशकदेखी जरा गाडेर बसेका छन् नैतिकताको खडेरी परेका थापा लाई मनाउन वा फकाउन पक्कै पनि गाह्रो , रा.प्र.पा. नेपालका अध्यक्ष कमल थापाले आफ्ना भाई गणेश थापालाई जनमतको अपमान गर्दै सभासद प्रस्ताव गरिसकेको अवस्थामा उनले एन्फा सजिलै छोडनेवाला छैनन् सके सम्म मनाएरै नत्र  घोक्रे ठ्याक लगाएरै भएपनी उनको बर्हिगमन नेपाली फटबलको आवश्यक्ता हो लहरो तान्दा पहरो आउन सक्छ तर पहरो नै सेक्रिफाईस गरेरै भएपनि नेपाल फुटबलई कैद मुक्त गर्नै पर्छ  नेपाली फुटबललाइ प्रजातान्त्रिक, पारदर्शि अनि जवाफदेहि बनाउन पनि यो आवश्यक त्यसपछि क्रमशः एन्फाको बिधान संशोधन गर्दै कुनै एक ब्यक्ति निश्चित कार्यकाल भन्दा बढि समय नेतृत्वदायी पदमा रहन नपाउने ब्यबस्था गर्दै नेपाली फुटवललाई नया जिवन दिनु पर्छ त्यसको सुरुवात गणेश थापाको वर्हिगमन बाट गर्नु पर्छ  


राज कुमार थापा
काभ्रेस्थली,काठमाण्डौ
Twitter: @notonlyraj







मानवले चन्द्रमा पाइला टेकेको ५४ वर्ष पछाडी नेदरल्यान्डको एउटा कम्पनिले २०२३ सम्ममा मंगल ग्रहमा उतै बस्नेगरी पहिलो टोली पठाउने योजना सार्वजनिक गरेको छ ।यो मिसनको नाम 'Mars one' रहेको छ ।यो मिसन अन्तर्गत २०२३ मा ४ जनाको पहिलो टोली मंगल ग्रहमा बाँचुन्जेल सम्म त्यँही बस्ने गरी पुग्ने छन भने अर्को नयाँ टोलिहरु हरेक २ बर्षमा थपिंदै जाने छन ।मिसन वनले जारी गरेको बिज्ञप्ती अनुसार २०३३ सम्ममा मंगल ग्रहमा २० जना भन्दा धेरै मान्छेहरु उनिहरुको नयाँ घरमा काम गर्दै,रमाउदै बसिरहेका हुनेछन ।थुप्रैका लागी यो मिसन सुन्दै हावा लाग्न सक्छ तर यो मिसनले भौतिक शास्त्रका लागी १९९९ मा नोबेल पुरस्कार प्राप्त गरिसकेका डच बैज्ञानिक 'Gerard Hooft' को समर्थन प्राप्त गरेको छ ।यी बैज्ञानिकले समेत यो असामान्य तर वास्तबमै उपलब्धी हासिल गर्न सकिने प्रजेक्ट भएको बताएका छन ।

सम्भावित यात्रीहरुको खोजी शुरु भैसकेको र उनिहरुले १० बर्ष सम्म असाद्धै गार्हो ट्रेनिङ्ग गर्नुपर्नेछ ।जजसले यो ट्रेनिङ्ग सफलतापुर्वक सम्पन्न गर्न सक्नेछ उसले ७ महिने मंगल ग्रहको यात्रामा निस्कनुपर्नेछ ।याद राख्नुपर्ने कुरो के भने यो शटल जाने छ तर फर्कने भने छैन ।
आज सम्म मंगल ग्रहमा मानव पाइला परेको भने छैन तर ६ पटक रोबोट सहितका मंगल यात्राहरु भने सफल भैसकेका छन ।
यो भन्दा पहिला धेरै पटक मङ्गल ग्रहमा मानव पठाउने योजनाहरु बनेपनी सफल भने कुनै पनि हुन सकेका छैनन ।थुप्रै बैज्ञानिकहरुले यो सम्भव भएको बताएपनी पृथ्वी र मङ्गलको बिचको रेडिएसनको मात्राको कारणले यो यात्रा सफल हुन नसक्ने पनि शँका गरिएको छ । 
अलिक बढी उत्सुकता भए मार्स वनको यो तलको परिचयात्मक भिडिओ पनि हेर्नुहोस अनि मार्स वन प्रजेक्ट्को बारेमा गूगल पनि गर्न सक्नुहुनेछ । 
अपरेटिङ सिस्टम निर्माण को दौडमा लगभग एक छत्र राज गरिरहेको माइक्रो सफ्ट्ले आउदो महिना अहिले सम्मकै अत्याधुनिक अपरेटिङ सिस्टम विन्डोज 8 बजारमा लन्च गर्दै छ । विन्डोज 7 बनेको करिब ३ बर्ष पछी माईक्रो सफ्टले यो विन्डोज बजारमा ल्याउन लागेको हो ।यो विन्डोज स्मार्ट फोन तथा टच स्क्रीन लाई सपोर्ट गर्ने खालको हुनेछ । यो विन्डोजमा पहिले देखिनै इन्टरनेट एक्स्प्लोरर -१० को सुबिधा उपलब्ध हुनेछ । माईक्रो सफ्ट्ले यो विन्डोज्-८ लाई २७ बर्षकै इतिहास मा उत्कृष्ट अपरेटिङ सिस्टमको संज्ञा दिएको छ । माईक्रो सफ्ट्ले सन १९८५ देखी विन्डोज बनाउन सुरु गरेको थियो । अहिले बिश्वमा ९५ प्रतिशत पि.सी. मा माईक्रो सफ्ट द्वारा निर्मित विन्डोज प्रयोग हुन्छ ।  
माईक्रो सफ्ट द्वारा निर्मित विन्डोज भिस्टा नामक अपरेटिङ सिस्टम ब्यापक प्राबिधिक समस्या तथा अन्य धेरै कमी कमजोरिहरुको कारण औपचारिक रुपमै बन्द गर्नु परेको थियो ।  
सफ्ट्वेर निर्माता कम्पनी माइक्रोसफ्टले आगामी नोभेम्बर महिना भित्र आई प्याड को लागी माइक्रोसफ्ट अफिस ल्याउने तयारी गरेको छ । यो सफ्ट्वेर पि.सी. को लागी उपलब्ध भए पनि आइ प्याड्को लागी भने बनेको थिएन । आइ प्याड्को सबै भन्दा ठुलो निर्माता कम्पनी एप्पल हो ।संसारमै उच्च गतिमा बिक्री भैरहेको आइ प्याड् (एप्पल द्वारा निर्मित डिवाइस) को लागी माइक्रोसफ्टले सफ्ट्वेर निर्माण गर्नु धेरैका लागी अचम्मको बिषय भए पनि माइक्रो सफ्टले अहिलेको आइ प्याड्को बढ्दो क्रेज लाई भजाएर पैसा कमाउने मौका गुमाउन चाहन्न ।  
स्रोतका अनुसार आईप्याड्को लागी 'अफिस्' को निर्माण कार्य पुरा भई सकेको भएता पनि एप्पल कम्पनिमा अप्रुभ हुन जान भने  बाँकी नै छ ।