याहूका कार्यकारी प्रमुख्(CEO)स्कट थम्पसन आफ्नो जागिर बाट निकालिने भएका छन ।आँफुले जागिर खान पेश गरेको शैक्षिक बिवरणमा कम्प्युटर साईन्स डिग्रीको जाली बिवरण पेश गरेको पाइए पछी याहू बोर्डले उनलाई हटाउने निर्णय लिएको छ ।यद्धपी याहूले भने यसलाई उनको ब्यक्तिगत कारण भन्ने छ ।रस लेभिन्सनले अन्तरिम कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने पक्कपक्की भएको छ ।
एक साता अगाडी स्कटको Resume scandle ले विश्वका प्रमुख खवर पत्रीका हरुमा स्थान पाएको थियो ।उनले आफ्नो शैक्षिक बिवरणमा स्टोनहिल कलेजबाट Accounting र कम्प्युटर साईन्स मा डिग्री गरेको उल्लेख गरेका थिए तर वास्तबमा उनले Accounting मा मात्र डिग्री गरेको साँचो थियो ।स्कट्को जाली शैक्षिक बिवरणको पर्दाफास याहूकै ५.८ प्रतिशत शेयर होल्डर Hedge fund का प्रमुख ड्यानिएल लोएबले गरेका थिए र लोएब याहूको नेतृत्वको कडा आलोचक पनि हुन त्यसैगरी उनि आँफै पनि याहूको नेतृत्वका लागी दौड्मै छन
हप्तौ लामो तीखा टिका टिप्पणी हरु पछी स्कटले यस सम्बन्धमा माफी पनि मागेका थिए ।अन्ततोगत्वा यही बर्षको शुरुमा याहूमा पाइला टेकेका eBay को सहायक कम्पनी paypal का अध्यक्ष रहिसकेका स्कट वाहिरिएका छन ।

0 प्रतिकृयाहरु:
Post a Comment