(वि.सं २०६९ बैशाख ०१ शुक्रवार) -
सबै भन्दा पहिला खबर क्लबको तर्फ बाट नयाँ बर्ष २०६९ सालको शुभकामना ।
आज नयाँ बर्ष । नयाँ बर्षको पूर्व सन्ध्यामा देशमा नाट्कीय खुशी छायो । संबिधान बन्ला कि नबन्ला भनेर अन्यौल छाई रा'को बेला, एक्कासी अबिश्वसनिय रुपमा खुशिका लहरहरु छायो, जस्लाई म New Year को Surprise Gift भन्न रुचाउछु । शान्ति प्रकृयाको सबैभन्दा महत्व्पूर्ण पाटो सेना समायोजन सकियो । यो भन्दा ठुलो उपहार के हुन सक्छ र नयाँ बर्ष को । अहिले बिस्तारै नै सही तर चारै तिरबाट देशमा सकरात्मक सन्देश आइराको छ । देशमा केहि होला होला जस्तो भइरा'को छ । अब त देशमा पक्कै शान्ती अनि बिकाशका लहरहरु देखा पर्ला जस्तो छ । Hopeless नहुनु है साथिहरु हो । देश मै केहि गर्नु पर्छ । देश सानो छ , छिट्टै परिवर्तन हुन सक्छ । प्रगती गर्न पनि खासै समय लाग्दैन मात्र एकपटक गती लिनु पर्यो । आउनुस हामी सबै मिलेर सकरात्मक सोच राखौ । हामिले गर्न सक्ने न्युनतम सहयोग यही हो देशलाई ।
एक्कै छिन म यसै बिचमा एउटा ब्यक्तिगत प्रसँग पनि जोडिहालौ है त ।
केहि समय अगाडी म मेरो साथी हरु सँग पशुपती नाथ मन्दीर दर्शन गर्न जादा हामी सबै साथी हरु श्री पशुपती नाथ अगाडी हात जोडेर प्रर्थाना गरिसके पछी, साथी हरु बिच मा कस्ले के मागयो भगवान सँग भनेर कुरा हुन्थ्यो कहिले काही । हरेक पटक हामी सबै साथिले आफ्नो ब्यक्तिगत कुरा गर्थियौ,तर हामी सँगै मन्दीर जाने एकजना समुन्द्र भन्ने साथिले चाही देशमा छिट्टै सँबिधान बनोस भनेर माग्नु हुन्थ्यो । उहाँको यो कुरा बाट मैले धेरै कुरा सिक्ने मौका पाए । एउटा मान्छेले भित्रै बाट देश प्रती सकारत्माक सोच राख्दा पनि तेस्ले निकै प्रभाव पार्दो रहेछ (बाबुराम को शब्द सापट लिने हो भने) भन्ने हाम्लाई लाईराको छ । हा हा हा
र अनि अन्त्य मा,
र अनि अन्त्य मा,
...............................साथी हो तपाइहरुको नयाँ बर्ष २०६९ पनि राम्रो होस । आउनुस सबै मिलेर सकारत्मक बनौ, सकारत्मक सोच राखौ । फेरी एकपटक नयाँ बर्ष २०६९ सालको शुभकामना ।
श्री पशुपती नाथ ले सबैको कल्याण गरुन ।

1 प्रतिकृयाहरु:
Happy new year
Post a Comment