मेरो कोटको कथा
-by Binod Poudelयतीबेला एन आर एन अष्ट्रेलियाको चुनावी माहोल चलीरहेको कुरा हामी सबैलाई सर्बविदितै छ । यसै क्रममा सम्पूर्ण उम्मेद्वारहरुको चिटिक्क परेका फोटाहरु समेटिएका फेसबुकका भित्ताहरुमा छ्यापछ्यप्ती भै रहेका छन !
मेरो पोस्टरमा अली फरक पहिरन (कोट) जुन अन्य भन्दा अली आकर्षक नभएको र अरु बेलामा मेरा फोटाहरुमा आउने पहिरन जस्तै चिटिक्क परेको हाल्नु पर्यो भनेर केही शुभचिन्तकहरुले मलाई फोन र म्यासेज मार्फत आग्रह गर्नु भयो ! उहाँहरुको सदभाब देखेर खुशी लाग्यो अनी मैले जब यो कोटको बारेमा व्याख्या गरें उहाँहरु झन खुशी हुँदै अझ प्रभावित भएको जनकारी गराउनु भयो र मैले जित्नै पर्छ भन्ने मा जोड दिनु भयो !
खासमा यो पहिरनमा प्रयोग भएको कपडा नेपालमा हातैले बुनेको सिस्नुबाट निकालिएको अल्लोको कपडा हो । अरु बिदेशी कपडा भन्दा फरक अनी फिका देखिएता पनि सामाजिक त्यो पनि नेपाल तथा नेपाली मुलका हामी जस्ताहरुका लागि समर्पित संस्थामा युवा संयोजक जस्तो जिम्मेवारी पदमा आफ्नो ईक्षा गर्दै गर्दा हाम्रो मातृभूमी नेपाल झल्काउने शैलीमा प्रस्तुत मात्र नभई हाम्रो आफ्नो उत्पादनलाई पनि प्रवर्दन गर्ने हेतुले मैले विगत केही महिनादेखी यो तस्विर आफ्नो फेसबुक प्रोफाइल तथा वालमा प्रयोग गर्दै यो चुनावमा मेरो उमेद्ववारिको पोस्टर मा पनि प्रयोग गरेको हुँ! 🙏🏻 #promoteNepaliProduct #NRNAAustraliaVotes2019
यती भन्दै गर्दा तपाईंहरुलाई पुन: याद पनि दिलाउन चाहन्छु कि, एन आर एन ए अष्ट्रेलियाको सन २०१९-२१ का लागि नेशनल कोअर्डीनेशन कमिटी (एन सि सि ) को युथ कोअर्डीनेटर् मा मैले उमेद्ववारी दिने निर्णय गरेको छु !
तपाईंको महत्वपूर्ण सुझाव मेरो उमेद्ववारीको मुख्य उत्प्रेरणा हो र जुलाई ६ तारिख का दिन यहाँहरुको बहुमुल्य साथको अपेक्ष्या गर्दछु !
भबदिय
विनोद पौडेल
#promoteNepaliProduct #NRNAAustraliaVotes2019
(बिनोद पौडेल हाल NRNA Australia को सदस्यका प्रत्यासी हुन । उनले स्वदेशी उत्पादनका पक्षमा राखेका बिचार उनको सामाजिक संजाल बाट साभार गरीएका हुन । बिचार उनका ब्यक्तिगत हुन । )

0 प्रतिकृयाहरु:
Post a Comment