मानवले चन्द्रमा पाइला टेकेको ५४ वर्ष पछाडी नेदरल्यान्डको एउटा कम्पनिले २०२३ सम्ममा मंगल ग्रहमा उतै बस्नेगरी पहिलो टोली पठाउने योजना सार्वजनिक गरेको छ ।यो मिसनको नाम 'Mars one' रहेको छ ।यो मिसन अन्तर्गत २०२३ मा ४ जनाको पहिलो टोली मंगल ग्रहमा बाँचुन्जेल सम्म त्यँही बस्ने गरी पुग्ने छन भने अर्को नयाँ टोलिहरु हरेक २ बर्षमा थपिंदै जाने छन ।मिसन वनले जारी गरेको बिज्ञप्ती अनुसार २०३३ सम्ममा मंगल ग्रहमा २० जना भन्दा धेरै मान्छेहरु उनिहरुको नयाँ घरमा काम गर्दै,रमाउदै बसिरहेका हुनेछन ।थुप्रैका लागी यो मिसन सुन्दै हावा लाग्न सक्छ तर यो मिसनले भौतिक शास्त्रका लागी १९९९ मा नोबेल पुरस्कार प्राप्त गरिसकेका डच बैज्ञानिक 'Gerard Hooft' को समर्थन प्राप्त गरेको छ ।यी बैज्ञानिकले समेत यो असामान्य तर वास्तबमै उपलब्धी हासिल गर्न सकिने प्रजेक्ट भएको बताएका छन ।
सम्भावित यात्रीहरुको खोजी शुरु भैसकेको र उनिहरुले १० बर्ष सम्म असाद्धै गार्हो ट्रेनिङ्ग गर्नुपर्नेछ ।जजसले यो ट्रेनिङ्ग सफलतापुर्वक सम्पन्न गर्न सक्नेछ उसले ७ महिने मंगल ग्रहको यात्रामा निस्कनुपर्नेछ ।याद राख्नुपर्ने कुरो के भने यो शटल जाने छ तर फर्कने भने छैन ।आज सम्म मंगल ग्रहमा मानव पाइला परेको भने छैन तर ६ पटक रोबोट सहितका मंगल यात्राहरु भने सफल भैसकेका छन ।
यो भन्दा पहिला धेरै पटक मङ्गल ग्रहमा मानव पठाउने योजनाहरु बनेपनी सफल भने कुनै पनि हुन सकेका छैनन ।थुप्रै बैज्ञानिकहरुले यो सम्भव भएको बताएपनी पृथ्वी र मङ्गलको बिचको रेडिएसनको मात्राको कारणले यो यात्रा सफल हुन नसक्ने पनि शँका गरिएको छ ।
अलिक बढी उत्सुकता भए मार्स वनको यो तलको परिचयात्मक भिडिओ पनि हेर्नुहोस अनि मार्स वन प्रजेक्ट्को बारेमा गूगल पनि गर्न सक्नुहुनेछ ।

