अपरेटिङ सिस्टम निर्माण को दौडमा लगभग एक छत्र राज गरिरहेको माइक्रो सफ्ट्ले आउदो महिना अहिले सम्मकै अत्याधुनिक अपरेटिङ सिस्टम विन्डोज 8 बजारमा लन्च गर्दै छ । विन्डोज 7 बनेको करिब ३ बर्ष पछी माईक्रो सफ्टले यो विन्डोज बजारमा ल्याउन लागेको हो ।यो विन्डोज स्मार्ट फोन तथा टच स्क्रीन लाई सपोर्ट गर्ने खालको हुनेछ । यो विन्डोजमा पहिले देखिनै इन्टरनेट एक्स्प्लोरर -१० को सुबिधा उपलब्ध हुनेछ । माईक्रो सफ्ट्ले यो विन्डोज्-८ लाई २७ बर्षकै इतिहास मा उत्कृष्ट अपरेटिङ सिस्टमको संज्ञा दिएको छ । माईक्रो सफ्ट्ले सन १९८५ देखी विन्डोज बनाउन सुरु गरेको थियो । अहिले बिश्वमा ९५ प्रतिशत पि.सी. मा माईक्रो सफ्ट द्वारा निर्मित विन्डोज प्रयोग हुन्छ । माईक्रो सफ्ट द्वारा निर्मित विन्डोज भिस्टा नामक अपरेटिङ सिस्टम ब्यापक प्राबिधिक समस्या तथा अन्य धेरै कमी कमजोरिहरुको कारण औपचारिक रुपमै बन्द गर्नु परेको थियो ।
0 प्रतिकृयाहरु:
Post a Comment