आज भारतले चाइनाका मुख्य शहरहरु बेइजिङ र शाङ्घाइ सम्म मार हान्न सक्ने मिसाइलको सफलतापूर्वक परिक्षण सम्पन्न गरेको जनाएको छ ।प्रतिरक्षा प्रमुख् (chief of Defence Research and Development Organisation) भी के सरस्वतका अनुसार्" मिशन सफलतापूर्वक सम्पन्न भएको छ ।हिन्द महासागरमा रहेको target कुशलतापूर्वक मार हानिएको छ ।"
हिजो बेलुकाको लागी पुर्वनिर्धारित परिक्षण कार्यक्रम खराव मौसमका कारण स्थगित गरी आज बिहिवार बिहान ८:०७ बजे परिक्षण गरिएको यो मिसाइल तैयार गर्न २५०० करोड़ भारतिय रुपैयाँ खर्च लागेको जनाइएको छ ।
जतिसुकै हल्ला गरिएपनी हतियार र क्षेप्यास्त्रको होड्बाजिमा चाइना भारत भन्दा धेरै अगाडी छ ।यसभन्दा अगाडी भारतसँग सबैभन्दा लामो ३५०० किलोमिटर मार क्षमताको अग्नि-३ क्षेप्यास्त्र रहेको थियो ।
रक्षा बिश्लेषकहरुका अनुसार फ्रान्स्,रुस्,चाइना,बृटेन र अमेरिकासँग यही प्रविधिकै मिसाइलहरु पहिलेदेखी नै छन भने इजराइलसँग पनि यस्तै मिसाइल रहेको ठानिन्छ । केहि हप्ता अगाडी उत्तर कोरियाले पनि यस्तै खालको क्षेप्यास्त्र परिक्षण गर्न लागेको थियो जसको परिक्षण असफल भएको थियो ।
![]() |
| AP/Indian Ministry of Defense |

2 प्रतिकृयाहरु:
Dhoti haru le chaina attack garne nai bhaye ta?
If India do this type of activity.. China will destroy india.. no compare of india with China.
Post a Comment