मार्क जुकरबर्गले विहे गरे


फेसबूकका CEO र संस्थापक मार्क जुकरबर्गले आफ्नो स्ट्याटस update गर्दै Married भएका छन ।अहिले केहि घण्टा अगाडी उनले आफ्नो विहेको फोटो प्रकाशित गरेका छन ।उनको यो बिहे प्रीस्सिला चानसँग आफ्नो ९ वर्ष देखिको प्रेम सम्वन्धको परिणाम हो ।२७ वर्षिया चान हार्वर्ड विश्वविध्यालयमा जुकरबर्गकै सहपाठी थीईन जहाँ बाट उनले २००४ मा फेसबूकको स्थापना गरेका थिए ।
फेसबूकलाई प्राइभेट कम्पनी बाट पब्लिक कम्पनिमा लगेको भोली पल्ट उनले यो विहे गरेका हुन ।२० अर्व भन्दा बढीको सम्पत्ती सहित उनि सन्सारकै २५ औं धनी व्यक्तिमा समेत सुचिकृत छन ।आफ्नै घरमा १०० जना भन्दा कम अतिथिहरुका माझ सामान्य तरिकाले उनको विहे सम्पन्न भएको जनाइएको छ । 

2 प्रतिकृयाहरु:

Anonymous said...

ल बधाई छ नव दम्पतिलाई तर आफुलाई त देशकै चिन्ता छ

Anonymous said...

is the girl is chinese?