साबधान । इ-ब्यान्किङ्ग बाट पैसा चोरी होला

साथी हो बैंकमा खाता छ ? पक्कै पनि होला, अनि इब्यान्किङ्, नि ? त्यो पनि पक्कै होला । तेसो हो भने भने बिचार गर्नुस तपाईंको पैसा चोरी होला नि बैंक बाट । अब तपाइलाई अचम्म लाग्ला तपाइको पैसा तपाईंकै ब्यांन्क बाट कसरी चोरी हुन्छ ? धेरै अचम्म मान्नु पर्दैन । यो सम्भब छ । यस्तो काम कम्प्युटर बिज्ञहरुले गर्न सक्छन जस्लाई ह्याकर पनि भनिन्छ । यो काम ह्याकरहरुले फिसिङ्; को  माध्यम्ले गर्न सक्छन । 

के हो फिसिङ्ग Phishing भनेको ? 
कम्प्युटर प्रबिधी मा फिसिङ Phishing भन्ने एउटा शब्द छ । जस्को अर्थ जाल थाप्नु हुन्छ । फिस Fish भन्नाले माछा, तेस्तै फिसिङ भन्नाले माछा लाई जाल थाप्नु । यस्को अर्थ माछा लाई जालो थापेको जस्तै गरी तपाइ लाई जाल थापेर तपाइको पास्वर्ड पत्ता लगाएर आफ्नो फाइदा लिनु ।  

जाल कसरी थाप्छन ह्याकर हरु ? 
 जाल बिभिन्न तरिका ले थाप्न सक्छन ह्याकरहरु । बिभिन्न कम्पनीहरुको हु-बहु नक्कली वेब साइट बनाएर, बिभिन्न किसिमका इमेल पठाएर आदी । मानौ तपाईंको ABC Bank मा खाता छ र तपाइले इ-ब्यान्किङ सेवा पनि लिनु भाको छ भने ह्याकर हरुले तपाइ लाई, तपाइको ईमेलमा नक्कली ईमेल पठाउछन । हु-बहु ABC बैंककै जस्तो मिल्ने खाल्को ईमेल बाट ।  (exaple@abcbank.com) ।  ईमेल मा कुनै लिन्क दिएको हुन सक्छ । जुन लिङ्कमा तपाईंलाई क्लिक गर्न भनिएको हुन सक्छ । जस्तोकी ( Please Click the link below and change password Immidiately) वा यस्तै केहि भनेर । जब तपाइले लिङ्कमा क्लिक गर्नु हुन्छ तपाइको ABC बैंककै जस्तो हु-बहु मिल्ने साईट खुल्छ । तपाइले अनुमान पनि लगाउन गाह्रो हुन सक्छ कि त्यो वेब साईट नक्क्ली हो भनेर । जब तपाईंले त्यहाँ आफ्नो User Passwod टाइप गर्नु हुन्छ त्यो ह्याकर को Data Base मा जान्छ । अनि उनि हरुले सजिलै तपाइको ABC Bank को User र Password सजिलै आफु अनुकुल प्रयोग गर्न सक्छन ।  


कसरी बच्ने फिसिङ Phishing बाट ?
 २-४ वटा कुराहरु मा ध्यान दिनु भयो भने फिसिङ बाट बच्न गाह्रो छैन । 
१- इमेल आएका लिङ्क्मा क्लिक नगर्ने वा ईमेल मा Password कहिले उपलब्ध नगराउने । 

२- Website खोल्दा https:// (एच टी टी पि एस) छ कि छैन याद राख्ने । https://abcbank.com । यहाँ http पछी आउने s को अर्थ (secure) सुरक्षित भन्ने जनाउछ ।  
३- यदी website http://abc.com वा abc.com वा www.abc.com मात्र छ भने त्यो सुरक्षित छैन भन्ने बुझ्ने ।  
तपाइ हरु लाई यस सम्बन्धमा अरु केहि जिज्ञासा भए सोध्नु होला है त । अहिले म चाही हिडे आफ्नो इ-ब्यान्किङ चेक गर्न । कतै सोल्टी हरुले उडाइ पो सके कि ।  
By :Raj Kumar Thapa;
notonlyraj@gmail.com




3 प्रतिकृयाहरु:

Anonymous said...
This comment has been removed by the author.
Anonymous said...

Nepal Investment bank has removed Ebanking, hack bho ki kya ho.. :))

Anonymous said...

:)) :)) :))