विकिलिक्सका सस्थापक जुलियन असान्जले स्वेडेनमा आफ्नो सुपुर्दगी विरुद्धको मुद्दा हारेका छन ।उनको यो मुद्दा ब्रीटेनको सर्वोच्च अदालतमा चलिरहेको थियो ।स्वेडेनमा असान्ज विरुद्ध योन दुर्व्यवहार मामिलामा लामो समयदेखी मुद्दा चलिरहेपनी उनले स्वेडेन जान अस्वीकार गरेका थिए ।
विकिलिक्सकै २ जना स्व्ंसेवकहरुले आँफुलाई आफ्नो ईच्छा विरुद्ध जवर्जस्ती वलात्कार गरिएको आरोप लगाएपनी असान्ज भने त्यो वलात्कार नभै राजिखुशिले गरिएको योन संवन्ध मान्छन ।आँफुलाई स्वेडेन सुपुर्दगी गर्नुको कारण राजनैतिक भएको उनको तर्क छ ।
२५o,ooo अमेरिकि कुट्नैतिक दस्तावेज र ५oo,ooo सैन्य दस्तावेजहरु विकिलिक्सलाई उपलब्ध गराएको आरोपमा पक्राउ परेका अमेरिकि सैनिक ब्र्याड्ली म्यानिङ्गको मुद्दा अमेरिकामा चलिरहेको र स्वेडेनमा आफ्नो सुपुर्दगी पनि आँफुलाई अमेरिका पुर्याउने राजनैतिक उदेश्यसाथ भएको असान्जले बताउने गरेका छन ।
आफ्नो युवा उमेरमा ह्याकरका रुपमा रहेका यी सेता कपाल भएका जुलियन असान्जले २००६ मा विकिलिक्सको स्थापना गरेका थिए ।आँफुलाई विकिलिक्सको संस्थापक भनेर चिनाउन नरुचाउने बरु प्रधान सम्पादक भन्ने जुलियन त्यतिखेर रातारात अमेरिकि लगायतका सरकारहरुको दुश्मनिको तारो बने जतिखेर उनले ग्वान्टानामो बे संबन्धी दस्तावेज र बग्दादमा अमेरिकि हवाई हमलाको भिडिओ प्रकाशन गरे र लगातार उनले अमेरिकि विदेश मन्त्रालय र थुप्रै देशका दुतावासहरुका गोप्य दस्तावेजहरु विकिलिक्स मार्फत सार्वजनिक गरेका थिए । 

फेसबूकका CEO र संस्थापक मार्क जुकरबर्गले आफ्नो स्ट्याटस update गर्दै Married भएका छन ।अहिले केहि घण्टा अगाडी उनले आफ्नो विहेको फोटो प्रकाशित गरेका छन ।उनको यो बिहे प्रीस्सिला चानसँग आफ्नो ९ वर्ष देखिको प्रेम सम्वन्धको परिणाम हो ।२७ वर्षिया चान हार्वर्ड विश्वविध्यालयमा जुकरबर्गकै सहपाठी थीईन जहाँ बाट उनले २००४ मा फेसबूकको स्थापना गरेका थिए ।
फेसबूकलाई प्राइभेट कम्पनी बाट पब्लिक कम्पनिमा लगेको भोली पल्ट उनले यो विहे गरेका हुन ।२० अर्व भन्दा बढीको सम्पत्ती सहित उनि सन्सारकै २५ औं धनी व्यक्तिमा समेत सुचिकृत छन ।आफ्नै घरमा १०० जना भन्दा कम अतिथिहरुका माझ सामान्य तरिकाले उनको विहे सम्पन्न भएको जनाइएको छ । 

याहूका कार्यकारी प्रमुख्(CEO)स्कट थम्पसन आफ्नो जागिर बाट निकालिने भएका छन ।आँफुले जागिर खान पेश गरेको शैक्षिक बिवरणमा कम्प्युटर साईन्स डिग्रीको जाली बिवरण पेश गरेको पाइए पछी याहू बोर्डले उनलाई हटाउने निर्णय लिएको छ ।यद्धपी याहूले भने यसलाई उनको ब्यक्तिगत कारण भन्ने छ ।रस लेभिन्सनले अन्तरिम कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने पक्कपक्की भएको छ ।
एक साता अगाडी स्कटको Resume scandle ले विश्वका प्रमुख खवर पत्रीका हरुमा स्थान पाएको थियो ।उनले आफ्नो शैक्षिक बिवरणमा स्टोनहिल कलेजबाट Accounting र कम्प्युटर साईन्स मा डिग्री गरेको उल्लेख गरेका थिए तर वास्तबमा उनले Accounting मा मात्र डिग्री गरेको साँचो थियो ।स्कट्को जाली शैक्षिक बिवरणको पर्दाफास याहूकै ५.८ प्रतिशत शेयर होल्डर Hedge fund का प्रमुख ड्यानिएल लोएबले गरेका थिए र लोएब याहूको नेतृत्वको कडा आलोचक पनि हुन त्यसैगरी उनि आँफै पनि याहूको नेतृत्वका लागी दौड्मै छन 
हप्तौ लामो तीखा टिका टिप्पणी हरु पछी स्कटले यस सम्बन्धमा माफी पनि मागेका थिए ।अन्ततोगत्वा यही बर्षको शुरुमा याहूमा पाइला टेकेका eBay को सहायक कम्पनी paypal का अध्यक्ष रहिसकेका स्कट वाहिरिएका छन । 
फेसबूकको नयाँ फिचर "हाइलाईट्" 

तपाईहरु कतिजनालाई टेन्सन भईराख्छ होला;भएभरको काम धन्दा छाडी छाडी फेसबूकमा झुन्ड्यो,काँ काँबाट खोजखाज गरेर त्यस्लाई आँफैले तैयार पारेको जसरि पोस्ट गर्‍यो,राम्रा राम्रा स्ट्याटस लेख्यो तर के गर्नु,आफ्ना साथिहरु या सर्कलले नोटिसनै गर्दैन ।दामी पोस्ट गर्‍यो लाईक शुन्य!!क्या टेन्सन है ? ?
अब चिन्ता नगर्नुस तपाइहरुको यो समस्याको समाधान फेसबूकले खोजिसकेको छ ।फेसबूक अहिले 'पे टू बी पपुलर्' नाम गरेको फिचरको प्रयोगमा ब्यस्त छ ।अहिले न्युजिल्यान्ड्का केहि सिमित फेसबूक यूजरहरुलाई मात्र फ्री भर्सनमा उपलब्ध गराईएको यो फिचर चाँडै तपाई हामी माझ उपलब्ध हुने छ ।जसको माध्यमबाट तपाईलाई तपाईका साथिहरुले तुरुन्तै नोटिस गर्ने छन ।यो हाइलाईट फिचरले तपाईका पोस्टहरु धेरै भन्दा धेरै फसबूक यूजरहरुका माझ पुरयाउने छ ।यो फिचर सित्तैमा उपलव्ध भने हुने छैन ।यस्का लागी २ डलर तिर्नु पर्ने छ ।
हामिले जब स्ट्याटस अप्डेट गर्नेछौ तब लाईक अप्सन निरै यो हाइलाईइट अप्सन रहने छ ।यो हाइलाट अप्सनमा क्लिक गर्दा त्यहाँ अलग अलग प्राइस पोइन्ट अप्सन भेटिने छ,जसमध्य एउटा कुनै पोस्ट हाइलाईट गर्नको लागी २ डलर तिर्नुस भन्ने अप्सन रहने छ । अनी २ डलर तिर्नुस आफ्नो पोस्ट हाइलाईट गर्नुस 

हराएको ७० वर्ष पछी फेला पर्‍यो

बृटेनको Royal Air Force को किट्टिहक पि-40 बिमान दुर्घटना भएको ७० बर्ष पछी फेला परेको छ ।दोश्रो विश्वयुद्धमा प्रयोग भएको यो बिमान इजिप्टको सहारा मरुभूमीमा फेला परेको जनाइएको छ ।
एउटा क्यानेडियन उड्ड्यन वेबसाइटका अनुसार्,एउटा तेल कम्पनिमा काम गर्ने ज्याकब पेर्का नाम गरेका व्यक्तिले आफ्नो अभियान दलसँग सहारा मरुभूमी यात्रा अभियानमा अचानक यो बिमान देखेका थिए ।ज्याकबले खिचेका फोटो अनुसार दुर्घटनाको ७० बर्ष बितिसक्दा पनि यसको अवशेष अचम्म सँग राम्रो अवस्थामा रहेको जस्तो देखिन्छ ।
हेरौं ज्याकब पेर्काले खिचेका तस्विरहरु :-

 

संविधान जारी गर्नुपर्ने दिन जेठ १४ जती नजिकिदै छ प्रमुख ३ ठुला राजनैतिक दलहरु बिचको असहमतिहरु झन झ्याङ्गिदै गैरहेको देखिन्छ ।मुलरुपमा शासकिय स्वरुप र राज्यको पुनर्संरचनामा देखिएको बिबाद टुङ्गोमा पुग्ने छाँट्काँट नदेखिएपछी संबिधान सभामा बहुमतिय प्रकृयाबाट टुङ्गो लगाउने भन्दै असहमतिहरु थाँती राखेका मुख्य राजनैतिक दलका नेताहरु अब तिब्र ध्रुबिकरणतिर अघी बढेका छन ।शासकिय स्वरुपमा बरु लचिलो हुने तर एकल जातिय राज्यहरुमा कुनै सम्झौता गर्न तैयार नरहेको कङ्ग्रेसले जनाइरह्ँदा कङ्ग्रेसकै जातिय भातृ संङ्गठनहरुले भने पार्टी सभापतिलाई आफ्नो जातिय पहिचानको बेवास्ता गरिएको भन्दै जातिय राज्यको पक्षमा आफ्नो माग सुनुवाइ नभए जस्तो सुकै कडा कदम चाल्ने ज्ञापन बुझाएका छन ।

शिर्ष राजनैतिक तहबाट सहमती जुट्ने संभावना कम हुँदै गएकोले बुधबार संवैधानिक समितिले मतदानको प्रक्रियाबाट अघि बढ्ने निर्णय  समेत गरिसकेको थियो तर केहि भई पो हाल्छकी भन्दै सुचना टाँस्दै वैठक स्थगित गर्दै गरिएको छ । 

एकल जातिय पहिचानको आधारमा १० देखी १४ वा कम्तिमा १०-११ प्रदेशभन्दा तल सहमती हुनै नसक्ने माओवादी अडान र जातिय संघियता स्विकार्दै नस्वीकार्ने नेपाली कङ्ग्रेसको अडानका कारण सहमतिको कुनै गुन्जायश देखिदैन ।मुख्य राजनैतिक दलहरु आफ्ना अडानमा कायमै रहिरहँदा बिभिन्न जातिय मोर्चाहरु भने आफ्ना मागहरु सुरक्षित गर्न सडकको भर पर्न थालेका छन ।दशौं दिनदेखी कहिले अखण्ड सुदुर पश्चिम  त कहिले थरुहट प्रदेशका नाममा सिङ्गै सुदुर पश्चिम  बन्द भैरहंदा र समग्र सुदुर पश्चिमको आन्दोलनबाट हौँसिएका अन्य भुभागका जातिय राज्य पक्षधर वा जातिय राज्य बिपक्षधरहरु आआफ्ना लागी देश बन्द गर्ने होड्बाजिमा ब्यस्त छन ।आज सामान्य रुपमा प्रभाव नपार्ने ठानिएको ब्राम्हण्,खस क्षेत्री,दशनामी र ठकुरिहरुको बन्दले सारा नेपालनै प्रभावित बन्यो ।यसैगरी पोखरामा केहि दिन अगाडी देखिनै जातिय राज्यको विरोधमा भैरहेको सामान्य प्रदर्शन पनि अहिले आन्दोलन जसरि अगाडी बढीरहेको छ ।केहि दिन अगाडी मिथिला राज्यको माग गर्दै भएको शान्तिपुर्ण कार्यक्रममा बम बिष्फोट भएको घटना ताजै रहँदा अहिले कावासोतिमा थारु संग्रहालयमा आगो लगाएर नष्ट गरेको विवादमा झडप हुँदा केहि गम्भिर घाइते समेत भएका छन ।आजको नेपाल बन्दको कार्यक्रममा माओवादिका २ जना सभासदलाई बन्दकर्ताहरुले कुट्पिट समेत गरेको जनाइएको छ ।
प्रमुख राजनैतिक दलहरु अनिर्णयको वन्दी बनिरहँदा यस्ता जातिय समुहहरु अझै उग्र र आन्दोलनहरु अनियन्तृत  हुँदै जाने निश्चित छ ।उसै त सम्पुर्ण रुपमा पराजित महशुश नगरेको राजतन्त्र र धार्मिक रुपमा निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा असन्तुष्ट धार्मिक अतिवादी समुहहरुलाई केहि न केहिरुपमा भद्रगोलकै स्थिती आए फाइदा  उठाउन सकिन्थ्यो भन्ने लागिरहेकै बेला र मुख्य दल माओवादी भित्रै पनि एउटा पक्ष जनविद्रोहकै घोषित नितिमै अडिग रहेका कारण पनि यस्ता सडकबाटै समाधान खोज्न उद्धत जातिय आन्दोलनहरुको समाधानमा सरकार गम्भिर हुन जरुरी छ । 
हुनत मधेशी र अन्य पार्टिका जनजाति,आदिवाशी सभासदहरुले आजै एउटा सहमती गरी पार्टिको व्हीप समेत नमान्ने गरी जातिय राज्यका पक्षमा एकजुट हुने घोषणा गरिरहँदा जनता चाँही किन कसैको व्हिप मानिरहन पो बाध्य छन र ?जनताले चाँही नियम र मर्यादा मानिरहनुपर्ने तर सभासदहरु चाँही आआफ्ना जातिय पहिचानका लागी आँफुलाई निर्वाचित गराउने पार्टिकै नियम र मर्यादा चाँही पालना गर्नु नपर्ने ?अझ अचम्मको कुरा त कङ्ग्रेस र एमालेका व्हिपनै उल्लङ्घन गर्न कस्सिने यस्ता सभासदहरु त धेरै जसो जनताबाट सिधै नचुनिएका तर समानुपातिकबाट पार्टिले पठाएका धेरै रैछन ।बाटो देखाउने अगुवानै हगुवा भाको यस्तो देशमा अरु धेरै को सँग पो अपेक्षा गर्न सकिन्छ र ? 
मिति २०६८।४।२८ गते जिल्ला सुर्खेत लाटीकोइली ९ काक्रेबिहार जंगल स्थित जन्तीसाल भन्ने स्थानमा एक युवतीलाई अपहरण गरी जङ्गलमा लगी सामुहिक बलात्कार गरेर भिडिओ समेत खिच्न भ्याएका र नेपाल प्रहरिको मोस्ट वान्टेड सुचिमा रहेका यि अपराधिहरुले आँफुले गरेको बलात्कारको भिडिओ बिक्री समेत गरेका थिए ।अहिले फरार रहेका यि अपराधी हरुले भिडिओको सिडी समेत बेच्न भ्याए तर पिडित महिलाको त्रासका कारण समयमा नै प्रहरिकहाँ उजुरी नगरेकोले अपराधिहरु आराम सँग कुलेलम ठोक्न सफल भए । निर्ममताको पराकाष्ठा नाघेका यस्ता राक्षसहरु कतै तपाईंको वरि- परी भए प्रहरी लाई खबर गरिदिनु होला ।  



अभियुक्तको विवरण


नाम:- भोला भन्ने अनन्तराज मानन्धर
बुवा :- भुषण मानन्धर
वतन:- जिल्ला सुर्खेत, लाटीकोइली -८
उमेर:- अं ।२३/२४ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- बर्ण कालो, उचाई ५ फिट २ ईन्च, माथिल्लो ओठमा पुरानो काटिएको खत, पातलो शरीर, टाउँकोको अगाडी पट्टी तालु खुईलिएको


नाम:- कृष्ण डाँगी
बुवा :- लाल बहादुर डाँगी
वतन:- जिल्ला सुर्खेत, लाटीकोइली - २
उमेर:- अं ।२४/२५ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- उचाई ५ फिट कपाल कुम सम्म लामो पालेको, दाहिने हातको नाडी पाखुरामा खोपेको दाग (ट्याटु) बनाएको, पातलो जिउडाल भएको


नाम:- हेमराज गिरी
वतन:- जिल्ला सुर्खेत, लाटीकोइली - ८
उमेर:- अं ।३०/३१ वर्ष
लिङ्ग:- पुरुष
हुलिया:- उचाई ५ फिट ७ ईन्च, मोटो नमिलेको शरीर, दायाँ हातको पाखुरामा लामो कालो दाग र सो दागमा रौं आएको, कपाल केही फुलेको


नाम :- मोहमद जमिल
उमेर :- ४३ बर्ष
बुवाको नाम :- जाफर अली भट्टी
नागरिकता :- पाकिस्तानी
पासपोर्ट नं‌ :- बि टि ८२०४३३१
नागरिकता नं :- ३७४०५-७०३३४३३-५




अन्डा पहिला कि चल्ला ?
तपाईंहरु लाई थाहा छ यो संसारमा अन्डा वा चल्ला मध्य कुन चाही पहिला आयको हो ? यो प्रश्न ले धेरै लाई धेरै समय सम्म घोत्लिन बाध्य पार्ने गरेको छ । अर्को अर्थमा भन्ने हो भने यो धेरै पहिला देखी नै स्कुल अनि कलेज हरु मा बेला बेला आईरह्ने परम्परागत प्रश्न हो ।  
अब तपाईंहरु यो परम्परगत प्रश्न म। अल्मल्ली रहनु नपर्ने भयको छ । किन भने बैज्ञानीक हरु ले यो प्रश्नको उत्तर खोजी सकेका छन । 
यो प्रश्नको उत्तर हो  चल्ला । हो अनुसन्धान कर्ता बैज्ञानीकहरुका अनुसार अन्डाको कोष बन्नको लागी चहिने जुन प्रोटिन हुन्छ त्यो पोथिमा हुन्छ र बिना पोथी अन्डा बन्नु सम्भव नै छैन तेसैले अन्डा भन्दा पहिला चल्ला आको हो ।  

"यो बि बि  सि नेपाली सेवा हो, कार्यक्रम बाट जितेन्द्र रावतको नमस्कार । अब सुन्नुहोस हिजो प्रसारण भइसकेको पुरानो समाचार । "
साथी हो मैले तपाईंहरु सँग जोक गर्या होईन यो त  मिती ०७ ।०५ ।२०१२, २१:५८ NST मा बि बि सि सुन्दा सुनिएको पुरानो कार्यक्रम हो । यती बेला bbc.co.uk/nepali मा गएर नेपाली समाचार सुन्न खोज्दा हिजो कै पुरनो समाचार सुनियो । तपाईंले पनि सुन्नु भयो होला नि होईन ? के गर्ने देशका हरेक निकाए हरु नाकाम भइ राको बेला बिश्व कै सबै भन्दा उत्कृष्ट समाचारको माध्यम भनिने बि.बि.सि. को नेपाली सेवा को हालत पनि यस्तो छ । 
के गर्ने देशमा कसैको आश गर्ने ठाउँ छैन । सबै एउटाै ड्याङ को मुला ।  


सुपर मून्
आज बुद्ध पुर्णिमाको दिन चन्द्रमा अरु बेला भन्दा विशेष देखिने छ ।हरेक महिना पुर्णिमाको दिन चन्द्रमा सामान्य भन्दा चहकिलो त देखिन्छ नै तर आज देखिने चन्द्रमा वर्षकै सबैभन्दा नजिक हुने भएकोले सबैभन्दा ठुलो र चम्किलो देखिने छ ।आज राती देखिने विशेष चन्द्रमा अन्य बेला भन्दा १४ प्रतिशत ठुलो देखिने छ किनभने यो पृथ्वीबाट १५३०० माइल नजिक हुनेछ ।हामिकहाँ यो पुर्ण चन्द्रमाको विशेष अवस्था राती नभएर आइतबार बिहान ९:१९ बजेको समयमा पर्ने भएकोले हाम्रालागी भने अघिल्लो रात जे जस्तो देखिन्छ तेसैमा चित्त बुझाउनु पर्ने छ ।
आज भन्दा अगाडी २०११ को मार्च १९ मा पनि यस्तै विशेष चन्द्र देखिएको थियो ।


(भर्खरै अहिलेको ९:००  बजे देखिएको चन्द्रमा को दृश्य । 
माथी बाट क्रमश: ग्रीस को यथेन्स र ब्राजिलको रियो द जेनेरियो बाट देखिएको दृश्य )


केहि होला जस्तो छ
आज अबेर सम्मको तानातानी पछी अन्ततोगत्वा प्रमुख राजनैतिक दलहरु बिचमा ५ बुँदे सहमती भएको छ, माओवादी र मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सामूहिक राजीनामा बुझाएका छन्। । ठुलो अन्यौल अनि निर:शा पछी भएको यो सहमती ले आम नेपाली मा आश जगाएको छ । सबै जसो अन्तरस्ट्रीय मिडियाहरु ले नेपालको शान्ति प्रकृया प्रती नराम्रो टिप्पणी गरिरहेको बेला भएको यो सहमतिले चाही पक्कै सम्बिधान बनाउछ कि क्या हो, सकारात्मक आशा गरौ ।
दल हरु बिच भएको ५ बुँदे सहमती -
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ : 
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ। 
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ। 
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ। 
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ। 
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ। 
पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनाल,  विजयकुमार गच्छदार
मिति- २०६९।१।२१ 
अमेरिका मा सेप्टेम्बेर ११ मा भएको आतन्ककारी हमला पछी क्रुद्ध भएको अमेरिका को खोजिमा रहेका लादेनको मृत्यु भएको १ बर्ष पुरा भएको छ । उनको मृत्यु गत बर्ष को मे २ मा भएको थियो ।  
 अमेरिकी सेनाको करिब डेढ मिनेट लामो कारवाही मा मारिएका लादेन को हत्याका लागी केवल एउटा गोली को मात्र प्रयोग भएको थियो । गुपचुप रुपमा हेलिकोप्टरमा आएका अमेरिकी बिशेष फोर्सले गरेको कारवाइको उदेश्य लादेन सँग साथमा भएको महत्वपुर्ण दस्ताबेज हरु नस्ट हुन नदिनु पनि थियो । एक्कासी भएको यो कारबाहिमा लादेनले आफ्नो उत्तराधिकारी समेत चुन्ने मौका पाएनन । यो कारवाही अमेरिकी राष्ट्रपती बाराक ओबामा  ले व्हाइट हाउस बाट प्रतक्ष्य हेरेका थिए ।  
अमेरिकी सैनिकको उक्त कार्वाहिको बारेमा पाकिस्तान सरकार लाई समेत जानकारी दियिएको थिएन । उक्त कार्वाही पछी अमेरिका र पाकितान को सम्बन्ध चिसिएको छ । 

भत्काइयो ओसामा बिन लादेनको पाकिस्तान स्थित घर  
मे २ २०११ का दिन अमेरिकको सैनिक कारवाहिमा मारिएका अलकाइदा प्रमुख वोसामा बिन लादेन को ऐबटाबाद स्तिथ घर पाकिस्तान स्तिथ सरकारले भत्काइ दिएको छ । यो केहि समय अघी भत्काइएको हो ।  
यो घर भात्काउनु अघी यो घर को सुरक्षा पकिस्तानी प्रहरिले गर्दै आएको थियो । लादेन को मृत्यु भएको १ बर्ष पछी पनि त्यहाँको स्थिती सामन्य हुन सकेको छैन भने त्याँहा को स्थानिय हरु अझै पनि अमेरिका प्रती क्रुद्द छन । उनिहरुको बिश्वास छ कि एटोबटामा लादेन लाई मारिएको थिएन । त्यो संसार लाई भ्रम पार्न मात्र नाटक रचिएको थियो । यदी उनि पकिस्तानमा भएको भए अफ्गानिस्तानमा सर्ब साधारण किन मारेको ?