विकिलिक्सका सस्थापक जुलियन असान्जले स्वेडेनमा आफ्नो सुपुर्दगी विरुद्धको मुद्दा हारेका छन ।उनको यो मुद्दा ब्रीटेनको सर्वोच्च अदालतमा चलिरहेको थियो ।स्वेडेनमा असान्ज विरुद्ध योन दुर्व्यवहार मामिलामा लामो समयदेखी मुद्दा चलिरहेपनी उनले स्वेडेन जान अस्वीकार गरेका थिए ।
विकिलिक्सकै २ जना स्व्ंसेवकहरुले आँफुलाई आफ्नो ईच्छा विरुद्ध जवर्जस्ती वलात्कार गरिएको आरोप लगाएपनी असान्ज भने त्यो वलात्कार नभै राजिखुशिले गरिएको योन संवन्ध मान्छन ।आँफुलाई स्वेडेन सुपुर्दगी गर्नुको कारण राजनैतिक भएको उनको तर्क छ ।
२५o,ooo अमेरिकि कुट्नैतिक दस्तावेज र ५oo,ooo सैन्य दस्तावेजहरु विकिलिक्सलाई उपलब्ध गराएको आरोपमा पक्राउ परेका अमेरिकि सैनिक ब्र्याड्ली म्यानिङ्गको मुद्दा अमेरिकामा चलिरहेको र स्वेडेनमा आफ्नो सुपुर्दगी पनि आँफुलाई अमेरिका पुर्याउने राजनैतिक उदेश्यसाथ भएको असान्जले बताउने गरेका छन ।
आफ्नो युवा उमेरमा ह्याकरका रुपमा रहेका यी सेता कपाल भएका जुलियन असान्जले २००६ मा विकिलिक्सको स्थापना गरेका थिए ।आँफुलाई विकिलिक्सको संस्थापक भनेर चिनाउन नरुचाउने बरु प्रधान सम्पादक भन्ने जुलियन त्यतिखेर रातारात अमेरिकि लगायतका सरकारहरुको दुश्मनिको तारो बने जतिखेर उनले ग्वान्टानामो बे संबन्धी दस्तावेज र बग्दादमा अमेरिकि हवाई हमलाको भिडिओ प्रकाशन गरे र लगातार उनले अमेरिकि विदेश मन्त्रालय र थुप्रै देशका दुतावासहरुका गोप्य दस्तावेजहरु विकिलिक्स मार्फत सार्वजनिक गरेका थिए ।

0 प्रतिकृयाहरु:
Post a Comment