लुट २ र परदेशी पत्रकार



केहि बर्ष अगाडीको कुरा हो ब्रिटेनमा १६८ बर्षै इतिहास बोकेको द न्युज अफ वल्र्ड एउटा विवादास्पद फोन स्क्यान्डलका कारण बन्द भयो ।  प्रविधिको दु्रत बिकासले टोल टोलमा अनलाईन समाचार पोर्टल खुल्ने क्रम छ्याप छ्याप्ति बढेर गयो । घरै पिच्छे खुलेका मिडियाहरुले ‘पत्रकारिताको धर्म‘ को बिषयमा गर्नै सुगा रटाईको यथार्थता एकातिर होला तर विश्वब्यापि रुपमा चलेका सम्पुर्ण टोले पत्रकारीताको धर्म एउटै मानसिकता बाट निर्दैशीत छ भन्ने कुरामा चाहि विश्वास नगर्नु नै उत्तम होला ।

मैले माथि उठान गरेका बिषय बस्तु अष्टे«लयामा लुट २ फिल्म प्रर्दशन हुनु पुर्ब आएको प्राबिधिक समस्या तथा ‘जहा समस्या त्यसमै राजनिति’ गर्न पल्केका टोले पत्रकार माथि लक्षीत छ भन्ने थाहा पाउन धेरै नघोत्लीनै परेन । 
अष्ट्रेलियामा ‘लुट २’ नचल्दा यहाँ फिल्म हेर्न पुगेका हजारौ पिडितहरु प्रति हामी सबैको सहानुभुति छ, यसका बिषयमा निर्दैशक स्वयंले कारण सहित माफि मागिसकेको परिप्रेक्ष्यमा कुनै पत्रिकाले स्रोत उल्लेख नगरिकन एकतर्फी समाचार छाप्दा परदेशमा दुर्घटनाको कारण बन्न सक्थ्यो । जिम्मेवार पत्रकारको काम समाचार सम्प्रेषण गर्नु हो निर्णय दिने होइन । लुट २ को हकमा पत्रिकाले फिल्म प्रर्दशन भयो वा भएन सो भन्न सक्ला ठगिएकै हो वा होईन भन्ने निर्णय दिने निकाय कुनै मिडिया हाउस किमार्थ होइन यद्यपि पत्रिकाले कुनै दर्शकको भनाई उदृत गरेर राख्न भने पक्कै सक्थ्यो । 

सानो स्वार्थका लागी गरिने टोले मिसन पत्रकारीताले सानो संख्यामा परदेशमा रहेका नेपाली नेपाली बिचमा लडाएर, बिदेशी हसाएर कसैलाई केहि फाईदा हुदैन । परिपक्क पत्रकारीता गरौ, कसले कसलाई ठग्यो, ठगेमा कति कारवाहि हुने त्यो काम पत्रकारको नभएर सम्बन्धित देशको प्रहरी तथा अदालतकै होला । नत्र के थाहा पत्रकारीताले बाटो विराउदा ब्रिटेनको १६८ बर्षै इतिहास बोकेको ‘द न्युज अफ वल्र्ड‘ त बन्द भयो झन हामि टोले पत्रकारको त के कुरा । 

                                                                                                                                -राज कुमार थापा



1 प्रतिकृयाहरु:

Anonymous said...

👌Sahi ho