लडाइ गर्नु भएन गोर्खा दाजु हो ।




पहिला पहिलको कुरा हो, फक्ल्यान्डको वारमा ब्रीटिस गुर्खा बाट अर्जेन्टीना बिरुद्ध हमला गर्न गाको गुर्खा फौज आउने हल्ला सुनेर दुस्मन हरुको बिचमा तहल्का मचिएको थियो रे । पछी गुर्खा हरु नै त्याहा पुगेपछी त के छोड्थे र गोर्खाली हरु ले, खुकुरी ले हान्दै दुस्मन ढाल्दै । अनि गुर्खा लडेको वार मा जित त गोर्खाकै हुने नै भयो ।
अब समय धेरै परिवर्तन भो । पहिला को जस्तो वार पनि हुन्न आजकल । अनि गुर्खाली लाई पनि पर्नु पिर पर्या जस्तो छ । अब आफ्नो युद्द कला देखाउनै पाको छैनन बिचरा । तेसैले होला बेला बेला मा समाचार सुन्न पाइन्च,  रेल भित्र गुर्खा यती डाकु सँग एक्लाई भिडे ।  गुर्खा को बिच मा रहदा राजकुमार ह्यारी सबैभन्दा सुरक्षित महसूस गर्छन । वा यस्तै यस्तै समाचार ।
तर यसपटक त गोर्खे हरुले गर्नु गरेछन नि । ९ जना को समुहमा रहेका सिङापुर पुलिसका जुनियर गुर्खा हरुले भुत पूर्व पुलिस अधिकारि लाई मर्ने गरी पिटेछ्न ।बिचरा पिडीत पुलिस अधिकारि आइ सि यु मै भर्ना भएछन्, र अहिले उनि कोमामा छन । पिट्नु पनि April Fool कै दीन पिटेका रैछन ।कारीब साढे ३ बजे तिर । ९ जनै गोर्खा हरु अहिले सिङापुर पुलिसको नियन्त्रणमा रहेको बुझिएको छ ।
सिङापुर पुलिस प्रबक्ताका अनुसार ९ जना गोर्खा जुनियर पुलिस हरु लाई कानुन अनुसार १० बर्ष सम्मको सजाय हुन सक्नेछ ।



1 प्रतिकृयाहरु:

Bir Gorkhali said...

गोर्खाली को छोरो म, गोर्खे मेरो नाम ........