७० वर्षमा छैँठौ विवाह
भर्खरै 20.04.2012 मा आफ्नो छैठौँ विवाहमा परम्परागत जुलु सँस्कार अनुसार नाच्दै राष्ट्रपती ज्याकोब जुमा र दायाँ नव दुलही
ज्याकोब जुमा आँफै उनको बूवाको दोश्रो श्रीमतिबाट जन्मिएका थिए ।उनिसँग अहिले ६२ बर्षकी जेठी श्रीमती छिन जसबाट उनिहरुको कुनै सन्तान छैन र उनले दोश्रो विवाह पहिलो विवाह भएको १२ वर्ष पछाडी गरे ।६२ वर्ष जतिकी उनकी दोश्री श्रीमती अहिले पनि दक्षिण अफ्रीकी सरकारमा गृहमन्त्री छिन्,नेल्सन मन्डेलाकै सरकारमा पनि यी स्वास्थ्य मन्त्री र पछी विदेशमन्त्री समेत भैसकेकी थिइन । यी वहालवाला राष्ट्रपती र वहालवाला गृहमन्त्री बाट उनिहरुको ४ जना सन्तान छन भने उनिहरुको १९९८ मै पारपाचुके भैसकेको छ ।१९७६ तिर फेरी इनले मोजाम्बिककी अर्की महिला सँग विहे गरे तर उनिसँगको वैवाहिक सम्वन्ध भने तिक्ततापुर्ण रह्यो र यो सम्वन्ध सन २००० मा उनको आत्महत्या सँगै समाप्त भयो ।उनले लेखेको नोट्मा आफ्नो वैवाहिक सम्वन्धलाई "२४ वर्षे नर्क" भनेकी थिइन । यी तेश्री श्रीमती बाट उनको पाँच जना सन्तान हरु छन ।अब आयो पालो चौथो श्रीमतिको,ज्याकोब जुमाले अहिलेकी दोश्री तर जम्माजम्मी चौथी श्रीमती लाई विहे गर्नु भन्दा अगाडी नै उनिहरुका २ सन्तान जन्मी सकेका थिए र २००८ म उनिहरुको परम्परागत रुपमा विहे भएको थियो र यो विवाहले संसार भरिकै मेडियाको ध्यान खिचेको थियो ।२०१० मा फेरी उनले आफ्नो पाँचौ विवाह पनि गर्न भ्याए ।यि श्रीमतिबाट उनिहरुको ३ जना सन्तानहरु छन भने यि आँफुले लगाउने डिजाइनर परिधानहरुका कारण चर्चीत छिन ।अब शुरु गरौँ छैठौँ अध्याय,हालसम्मकी अन्तिम र छैठौँ श्रीमती सँग बाट उनिहरुको एउटा सन्तान छ भने राष्ट्रपतिको फ्रान्सको औपचारिक भ्रमणमा समेत उनि सरिक थिइन ।आफ्नो ७० औँ जन्मदिनको लगत्तै उनले यि छैठौँ महिलालाई औपचारिक रुपमा विहे गरेका छन ।
१९४२ अप्रिलमा दक्षिण अफ्रीकामा जन्मेका जुमा नेल्स न मन्डेलाको 'रङभेद निती विरुद्द्को' आन्दोलनमा शुरु वाती दिनहरुमै अफ्रीकी न्यान्स्नल कङ्ग्रेस ANC पार्टी मा लडाका रहेर काम गरेका थिए ।साउथ अफ्रीकामा २००९ देखी निर्वाचित राष्ट्रपती रहिरहेका छन ।१९५५ तिर केहि वर्ष रात्री कक्षामा पढ्ने र स्व्-अध्धयन बाहेक अन्य औपचारिक अध्ययन गरेका छैनन ।१९९७ मा AN C को उपाध्यक्ष निर्वाचित उनि १९९९ मा उपराष्ट्रपती समेत मनोनित भएका थिए तर २००५ मा उनलाई भ्रष्टाचार र बलात्कारको आरोप लागेपछी दुबै पदबाट हटाइयो।हुनत जुमालाई लगाइएका दुबै आरोपहरु पछी खारेज गरिए ।
भर्खरै 20.04.2012 मा आफ्नो छैठौँ विवाहमा परम्परागत जुलु सँस्कार अनुसार नाच्दै राष्ट्रपती ज्याकोब जुमा र दायाँ नव दुलही
सबैलाई थाहा भएकै कुरो हो अफ्रीकी रास्ट्रपती ज्याकोब जुमा सारै रसिक छन ।उनी सारै रसिक स्वाभावका भएरै फेरी अर्को बिहे गरेका हुन कि त्यँहाको बहुपत्नी राख्ने सँस्कार धानिराखेका हुन्,त्यो उनि मात्र जान्दछन ।मैले माथी फेरी अर्को विवाह भनेर पो लेखेछु ।खासमा उनि विहे गरिरहन्छन ।उनको यो छैठौँ बिहे हो ।उनी अहिले ७० बर्षका पुगे ।रास्ट्रपतिको यो छैठौँ विवाह हो भने दुलही चाँही चौथी श्रीमतीको रुपमा रहनेछिन किनभने उनका अघिल्ला श्रीमतिहरुमध्य एकजनाले आत्महत्या गरेकी थिईन भने एकजनाले १९९८ तिर डिभोर्स गरेकी थिईन ।यो ज्याकोब जुमाको गएको ४ बर्षमा भएको तेश्रो विवाह मात्र हो भने २००९ मा उनि सत्तामा आएदेखिको दोश्रो विवाह हो ।
श्रीमती र सन्तान बृत्तान्त
ज्याकोब जुमा आँफै उनको बूवाको दोश्रो श्रीमतिबाट जन्मिएका थिए ।उनिसँग अहिले ६२ बर्षकी जेठी श्रीमती छिन जसबाट उनिहरुको कुनै सन्तान छैन र उनले दोश्रो विवाह पहिलो विवाह भएको १२ वर्ष पछाडी गरे ।६२ वर्ष जतिकी उनकी दोश्री श्रीमती अहिले पनि दक्षिण अफ्रीकी सरकारमा गृहमन्त्री छिन्,नेल्सन मन्डेलाकै सरकारमा पनि यी स्वास्थ्य मन्त्री र पछी विदेशमन्त्री समेत भैसकेकी थिइन । यी वहालवाला राष्ट्रपती र वहालवाला गृहमन्त्री बाट उनिहरुको ४ जना सन्तान छन भने उनिहरुको १९९८ मै पारपाचुके भैसकेको छ ।१९७६ तिर फेरी इनले मोजाम्बिककी अर्की महिला सँग विहे गरे तर उनिसँगको वैवाहिक सम्वन्ध भने तिक्ततापुर्ण रह्यो र यो सम्वन्ध सन २००० मा उनको आत्महत्या सँगै समाप्त भयो ।उनले लेखेको नोट्मा आफ्नो वैवाहिक सम्वन्धलाई "२४ वर्षे नर्क" भनेकी थिइन । यी तेश्री श्रीमती बाट उनको पाँच जना सन्तान हरु छन ।अब आयो पालो चौथो श्रीमतिको,ज्याकोब जुमाले अहिलेकी दोश्री तर जम्माजम्मी चौथी श्रीमती लाई विहे गर्नु भन्दा अगाडी नै उनिहरुका २ सन्तान जन्मी सकेका थिए र २००८ म उनिहरुको परम्परागत रुपमा विहे भएको थियो र यो विवाहले संसार भरिकै मेडियाको ध्यान खिचेको थियो ।२०१० मा फेरी उनले आफ्नो पाँचौ विवाह पनि गर्न भ्याए ।यि श्रीमतिबाट उनिहरुको ३ जना सन्तानहरु छन भने यि आँफुले लगाउने डिजाइनर परिधानहरुका कारण चर्चीत छिन ।अब शुरु गरौँ छैठौँ अध्याय,हालसम्मकी अन्तिम र छैठौँ श्रीमती सँग बाट उनिहरुको एउटा सन्तान छ भने राष्ट्रपतिको फ्रान्सको औपचारिक भ्रमणमा समेत उनि सरिक थिइन ।आफ्नो ७० औँ जन्मदिनको लगत्तै उनले यि छैठौँ महिलालाई औपचारिक रुपमा विहे गरेका छन ।
ज्याकोब जूमाका सन्तानका बारेमा एत्ती नै भन्ने चाँही निश्चित गर्न सकिने स्थिती छैन ।उनको पहिलो सन्तान चाँही एकजना न्यायधिशकी बहिनी बाट १९७७ मा जन्मिएका एड्वर्ड हुनभने उनिहरुको बिचमा विवाह भने अहिले सम्म भएको छैन ।आफ्ना आधिकारिक श्रीमतिहरु बाट १५ जना सन्तानहरु रहेका छन भने सबैभन्दा जेठा(अविवाहित आमा)एड्वर्ड जूमा समेत गर्दा १६ जना सन्तान उनका आधिकारिक सन्तानहरु छन ।यो बाहेक जुमाले स्विकार गरेका तर तेत्ती चर्चामा नआएका २ जना छोरिहरु छन जो एकजना व्यवसायी महिलाका छोरिहरु हुन भने जोहानसबर्गकी एकजना महिलाकी ३ जना छोरी र रिचर्ड्स बेकी एकजना महिलाबाट एकजना सन्तान समेत उनैको भएको मानिन्छ ।
मलाई गर्व छ!
जुमाले एकपटक एउटा टि भि कार्यक्रममा भनेका थिए "यहाँ त्यस्ता धेरै राजनितिज्ञहरु छन जसका अनगिन्ती रखौटिहरु र तिनिहरुबाट अनगिन्ती बच्चाहरु पनि छन तर उनिहरुले यो कुरा लुकाइ राखेको भएर उनिहरुलाई एउटै श्रीमती भएका मानिन्छ ।मैले यो कुरा खुला राख्न रुचाएँ किनभने म मेरा श्रीमतिहरुलाई अगाध माया गर्छु र म मेरा वच्चाहरु प्रती गर्व गर्छु"
तर उनको लगातारको पाँचौ विवाहको घोषणा लगत्तै दक्षिण अफ्रीकी खवरपत्र इन्डिपेन्डेन्ट अनलाईनले मुख्य हेड्लाईनमा यस्तो लेखेको थियो "Zuma aims for 'Husband of the Nation"
सँक्रमणबाट बच्न नुहाँए!!
१९४२ अप्रिलमा दक्षिण अफ्रीकामा जन्मेका जुमा नेल्स न मन्डेलाको 'रङभेद निती विरुद्द्को' आन्दोलनमा शुरु वाती दिनहरुमै अफ्रीकी न्यान्स्नल कङ्ग्रेस ANC पार्टी मा लडाका रहेर काम गरेका थिए ।साउथ अफ्रीकामा २००९ देखी निर्वाचित राष्ट्रपती रहिरहेका छन ।१९५५ तिर केहि वर्ष रात्री कक्षामा पढ्ने र स्व्-अध्धयन बाहेक अन्य औपचारिक अध्ययन गरेका छैनन ।१९९७ मा AN C को उपाध्यक्ष निर्वाचित उनि १९९९ मा उपराष्ट्रपती समेत मनोनित भएका थिए तर २००५ मा उनलाई भ्रष्टाचार र बलात्कारको आरोप लागेपछी दुबै पदबाट हटाइयो।हुनत जुमालाई लगाइएका दुबै आरोपहरु पछी खारेज गरिए ।
बलात्कारको मामिलामा जतिबेला अदालतमा मुद्दा चलिरहेको थियो त्यतिबेला उनको एउटा वयान यती आलोचित र चर्चित भयो कि त्यतिखेरका हरेक पत्रीकाहरुमा उनकै त्यो वयान सम्वन्धी कार्टूनहरु मात्र छापिन्थे ।अहिले सम्म पनि दक्षिण अफ्रीकामा त्यो सम्झिँदा मान्छेहरु जोड्जोड्ले हाँस्छन ।भएको के थियो भने आँफुलाई अहिले जसले बलात्कारको आरोप लगाएको छ उसँग आँफुले आँफु न्यास्नल एड्स काउन्सिलमा प्रमुख रहेका बेलामा उनि एड्स सँक्रमित हुन भन्ने थाहा पाउँदा पाउदै पनि बिना कन्डोम सहमतिमा योन सम्वन्ध राखेको सही हो ।अनी बेन्चमा जम्मै आश्चार्यचकित थिए तर उनले आफ्नो बुद्धिमत्ता प्रदर्शन गर्दै थपे "मैले योन सम्पर्क सकिने बित्तिकै एड्स नसरोस भनेर राम्रो सँग नुहाएँ" ।उनको यो 'बुद्धिमत्तापुर्ण्' नुहाएर एड्स नसर्ने भन्ने सोँचको तिब्र आलोचना भयो र अँझ रोचक त के भने उनिले यो क्रीयाकलाप त्यो समयमा गरेका थिए जुन समयमा उनि एड्स काउन्सिलका प्रमुख पनि थिए।
सातौं श्रीमति
तपाइँहरुलाई अचम्म लाग्ला भर्खर त उनले छैठौँ विहे गरे अब कहाँबाट सातौँ श्रीमतिको कुरा आयो ?कुरो यस्तो हो;जुमाले २००२ तिरै स्वाजिल्यान्ड्की राजकुमारी र अहिलेका राजाकी नातिनी लाई विहे गर्न १० ओटा गाई सगुन(स्थानिय रिवाज अनुसार lobola) पठाइसकेका छन ।हाम्रो एता मधेश तिर केटी तिरबाट दाइजो दिए जस्तै अफ्रीका तिर सगुन स्वरुप गाईवस्तु वा नगद दिने चलन छ केटाहरुको तर्फ बाट ।यसैले अब हुने विवाह अहिले नै लगभग पक्का जस्तै गरिसकेका छन जुमाले ।
---------------------------------------------------------------------------------------------------------------------
हामिले बडो मेहनत गरेर तैयार पारेको यो सामाग्री तपाईहरुलाई चाँही कस्तो लागो ? ? हामी प्रतिकृयाको आशामा छौं। फेसबूकमा शेयर गर्नुस या हामिलाई फेसबूकमा लाईक गर्नुस नजिकैको लाईक वा शेयर बटन थिच्नुहोस्;
हामिलाई हौंशला प्रदान गर्नुस्,अझै राम्रो लेख्न लाई ।
---------------------------------------------------------------------------------------------------------------------

0 प्रतिकृयाहरु:
Post a Comment