पाकिस्तानले फर्कायो जवाफ्

क्षेप्यास्त्र प्रतिस्पर्धा

पाकिस्तानको Inter Services Public Relations (ISPR) का अनुसार्,पाकिस्तानले बुधवार सफलतापुर्वक Hatf 4 Shaheen 1A  ब्यालेस्टिक मिसाइलको परिक्षण सफलतापुर्वक सम्पन्न गरेको जनाएको छ ।यो मिसाइल पाकिस्तानसँगै रहेको शाहीन्-1 को परिष्कृत version मात्र रहेको र यसको मार हान्ने दुरी र केहि प्राविधिक क्षमता विस्तार गरिएको जनाइएको छ ।भारतले १ साता अगाडी परिक्षण सम्पन्न गरेको लामो दुरीको ब्यालेस्टिक मिसाईलको जवाफमा यो परिक्षण गरिएको मानिएपनी यो हत्फ्-४ मिसाईलको आधिकारिक मारक दुरीको बारेमा भने कहिँ कतै केहि भनिएको छैन ।तर परम्परागत शत्रुका रुपमा आँफुलाई चिनाइरहेका भारत र पाकिस्तान बिचको यो प्रतिस्पर्धामा भारत नै अगाडी रहेको ठानिएको छ ।एकजना प्रतिरक्षा विष्लेशक्,अवकाशप्राप्त जेनरल तलत मसूद्का अनुसार यो क्षेप्यास्त्र २५०० देखी ३००० किलोमिटर सम्म मार हान्न सक्ने क्षमताको रहेको जनाएका छन ।

0 प्रतिकृयाहरु: