बिना ब्याट्री २० बर्ष सम्म चल्ने बल्ब

साथी हो तपाईंको कोठामा कुन बल्ब छ ? बिजुली कम खपत गर्ने CFL बल्ब होला होईन ? तर अहिले अमेरिकामा डच कम्पनी फिलिप्स ले बिना ब्यट्री २० बर्ष चल्ने बल्ब निर्माण गरेको छ ।
सो बल्ब मा फिलामेन्टको सट्टा  (LED) लाइट एमिटिंग डाइओड को प्रयोग हुनेछ र यसको मुल्य ६० डलर हुनेछ। यो बल्ब लाई 'बल्ब ३००० ' नाम दियिएको छ । 
यस्मा प्रयोग हुने LED को कारण ले गर्दा बल्ब यती लामो समय सम्म चल्न सम्भव हुने छ ।  
 अमेरीकामा अहिले पनि १०० वाटको बल्ब प्रयोग गर्न पाइदैन भने यूरोपमा त ६० वाट को बल्बमा पनि प्रतिबन्ध छ ।  सन २०१४ पछी त अमेरिका मा ४० वाट भन्दा माथिको बल्ब को उत्पादन मा नै प्रतिबन्ध लाग्ने छ । 
यो बल्ब Bright Tommorow भन्ने प्रतियोगिता बाट Introduce भएको हो । अमेरिका को उर्जा बिभागले आयोजना गरेको प्रतियोगिता मा फिलिप्स कम्पनी द्वारा निर्मित यो बल्ब बिजयी भएको हो । प्रतियोगिता को उदेश्य ६० वाट भन्दा कम क्षमताको बल्बको बिकल्पमा नयाँ बल्ब खोज्नु रहेको थियो । सो प्रतियोगिता मा डच कम्पनी फिलिप्सले मात्र भाग लिएको लिएको थियो । १८ महिना को लामो परिक्षण पछी सो बल्ब लाई बिजेता घोषणा गरियको थियो ।  




0 प्रतिकृयाहरु: