माओवादी लडाकु नेपाली सेना मातहत्

जनसेना अब चाँडै नै इतिहास बन्दै
शान्ती प्रकृया को सबैभन्दा महत्व्पूर्ण र सबैभन्दा जटिल प्रकृया को रुपमा हेरिएको हतियार र माओवादी लडाकाहरुको जिम्मा नेपाली सेनालाई हस्तान्तरण गर्ने प्रकृया आज हतार हतार मा कार्यान्वयन सुरु गरिएको छ ।औपचारिक रुपमा बुधबारसम्म पुनर्वगिकरणको काम सकेर विहीबार समायोजनमा जाने लडाकू र हतियार सेनालाई जिम्मा लगाउने विशेष समितिको कार्यतालिका रहे पनि लडाकु शिविरहरुमा आक्रोश र झडपको स्थिति उत्पन्न भएपछि वर्गिकरणको काम मंगलबार रोकिएको छ र अपर्झट मंगलबार नै पुनवर्गिकरण को काम स्थगित गरी तत्काल माओवादी लडाकु,कन्टेनरमा रहेको हतियार र शिविरको भौतिक संरचना नेपाली सेनाको नियन्त्रण मा राख्ने निर्णय गरी नेपाली सेना परिचालन गरिएको छ ।जसनुरूप नेपाली सेना मंगलवार अबेर राती सम्ममा जम्मै शिविरहरुमा परिचालित भैसक्ने छ।
असन्तुष्ट पक्ष आन्दोलनको तयारीमा 

यसैबिच असन्तुष्ट लडाकुहरुले हात्तिवन स्थित चौथो डिभिजनमा कमाण्डर चढ्ने केहि गाडीहरु,शिविरभित्रका घर अनि प्रतिक्षालय जलाएका छन् ।कमान्डरहरुले रकम दुरुपयोग गरेको,हिसाब किताब पारदर्शी नभएको भन्दै आगजनी गरेका भनिएको थियो ।
अनुमान गरिए अनुसार कन्टेनरकै चाबी बुझाउने बाबुराम भट्टराई सरकारको अघिल्लो निर्णयलाई कडा रुपमा बिरोध गरेका र सरकारको अहिलेको निर्णयलाई बैध्य समुहले झन कडा प्रतिरोध गर्ने ठनिएका बेलामा उनको समुहको सम्पर्क कार्यालयमा बसेको बैठकले निर्णयलाई "आत्मसमर्पणको पराकाष्ठा र क्रान्ती प्रती गम्भिर विश्वाशघात्" भनेको छ ।
बैध्य पक्षिय असन्तुष्ट समूहले भोलिका लागी १ घन्टे चक्काजाम र बेलुका मशाल जुलुश सहित प्रचन्ड र बाबुराम भट्टराईको पुत्ला जलाउने कार्यक्रम घोषणा गरेका छन र विरोधका बांकी कार्यक्रम भोली तय गरिने जनाएका छन ।
  


0 प्रतिकृयाहरु: