चिनले बिश्वको अति दुर्लभ खनिजमा नियन्त्रण गर्ने ।



पृथ्वीमा पाइने अति दुर्लव खनिज पदार्थमा अब चिनले नियन्त्रण जमाउने भएको छ ।चिनको उक्त कदमको अमेरिका लगाएतका केहि देशहरुले घोर आपत्ती जनाएका छन । अमेरिकले गत महिना उक्त बिषयमा चिन बिरुद्ध बिश्व ब्यापार सँगठनमा केस दर्ता गराइसकेको छ । 
बिश्वमा  पाइने अति उक्च प्रबिधियुक्त सामान बनाउन प्रयोग हुने उक्त दुर्लभ पदार्थको ९५% चिनले उत्पादन गर्छ र बाँकी ५ प्रतिशत मात्र बिश्वको अरु देशरुले उत्पादन गर्छन । यो दुर्लभ पदार्थ DVD, ब्याट्री , मोबाईल फोन्, फ्लाट टिभी स्क्रीन आदी बनाउन प्रयोग हुन्छन । 
चिनले बाहिर निर्यात हुने खनिजमा निश्चीत कोटा तोक्ने छ जस्ले गर्दा दुर्लभ खनिजको मुल्य आकासिने छ, भने आफ्नो देश भित्रका घरेलु ग्राहकलाई भने सस्तो मुल्य कायम गर्ने छ ।जस्को कारण चिन भित्र बन्ने सामानको लागत कम पर्ने छ भने अन्तराष्ट्रीय कम्पनिहरुलाई चर्को मुल्यको द्बाब पर्ने छ । अमेरिकि कम्पनी ले निर्माण गर्ने आइ फोन तथा ईलेक्ट्रोनिक कार हरुको उत्पादन मा यि दुर्लभ खनिज पदार्थ नभइ हुन्न । 
गत बर्ष जापान सँग तनाब हुँदा पनि चिनले जापान निर्यात हुने खनिजमा प्रतिबन्ध लगाएको थियो । जस्को कारणले बिश्वको नम्बर १ कार उत्पादक कम्पनी Toyota ले आफ्नो उत्पादनको ठुलो भाग कटौती गर्नु परेको थियो ।  

1 प्रतिकृयाहरु:

Lala said...

अम्रिकाको प्रतिस्पर्धी चाहियको थियो, अब अमेरिकाको दादा गिरी बन्द होला कि ? नत्र जल्लाई जा मन लागो तेही ठोल्यो अति भाको थियो ।