वेलायती सन्काहा सासंद्को घोषणा
बृटेनको माथिल्लो सदनका एकजना बिबादास्पद सांसद (Lord) नाजिर अहमद्ले बाराक ओबामा लाई समात्ने लाई १ करोड पाउन्ड इनाम स्वरूप दिने घोषणा गरे ।
उनले यो घोषणा पाकिस्तानको हरिपुर भन्ने ठाँउमा त्यहाँका व्यापारिहरुले आफ्नो सम्मानमा राखेको कार्यक्रममा गरेका थिए ।
पाकिस्तानको एक्स्प्रेस ट्रीब्युन खबरपत्रका अनुसार उनले केहि समय अगाडी अमेरिकि सरकारले २००८ मा मुम्बईमा १६६ जनाको ज्यान जानेगरी गराइएको बम आक्रमणमा दोषी ठानिएका लश्कर्-ए-तैवा भनिने पाकिस्तानी आतङ्कवादी समूहका प्रमुख हाफिज मोहम्मद सइद्लाई समात्नेलाई १ करोड डलर पुरस्कार दिने उसको घोषणाको सन्दर्भमा यो घोषणा गरेका थिए ।
उनले त आँफुले जुनसुकै हालतमा पनि यो पैसा जम्मा गर्ने र अझ पुगेन भने आँफु बसेको घर बेचेरै भएपनी यो पैसा जम्मा गर्ने बताए ।
ओबामाको मुल्य घोषणा सकिने बित्तिकै उनि आँफुलाई भने लेबर पार्टीले बर्खास्त गरिसकेको छ ।
पाकिस्तानमै जन्मेका यी बृटिश लर्ड बारम्वार यस्ता विवादमा परिरहन्छन ।केहि समय अगाडी प्रख्यात उपन्यासकार सल्मान रश्दिलाई बृटेनमा नाइटहूड सम्मान प्रदान गरिएकोमा समेत उनले यसको विरोध गरेका थिए र उनको विरोधको भाषाको आलोचना समेत भएको थियो भने केहि बर्ष अगाडी अन्धाधुन्द गाडी हाँकेको आरोपमा जेल सजाय समेत पाएका थिए तर पुनरावेदनले उनको जेल सजाय भने माफ गरिदिएको थियो ।
उता आफ्नो पार्टीले आँफूलाई निकालेकोमा क्रोधित हुँदै आँफुले त्यसो नभनेको तर टोनी ब्लेयर र जर्ज बुशलाई अफगानिस्तान र इराकमा युद्ध अपराधमा संलग्न रहेको र उनिहरुलाई न्यायको कठघरामा उभ्याउनु पर्ने धारणा मात्र राखेको भनेका छन ।

2 प्रतिकृयाहरु:
Its Really amazing but brave job
sachhai ho ki hawa news ho yo???
Post a Comment