जथाभावी पोस्टर टास्न प्रतिबन्ध नै लगाए कसो होला !!




७०-८० को दशक का हिन्दी फिल्म हरु को झझल्को दिने चर्को गाढा पहेलो,रातो,हरियो रङ हरु को भर्मार प्रयोग गरिएका पोस्टर हरु काठ्मान्डु का भित्री शहर हरु मा जता हेर्यो तेतै आखा नै तिर्मिराउने गरी देखिन्छन ।
यी भित्ता र पर्खाल हरु कुरुप बनाउन student consultant,हरु को पनि तेत्तिकै योगदान छ ।
हाम्रो नजिकै को भारत का थुप्रै राज्य हरु म पनि जथभाबी पोस्टर टास्न नपाउने नियम नै छ ।कती सम्मा भने केरला तिर त चुनावी पोस्टर पनि झिक्न मिल्ने गरी मात्र टासेको देखियो ।होर्डिङ बोर्ड हरु बनाएर चाही मुख्य चोक हरु मा चुनाव प्रचार गरे को दिखियो ।दिल्ली मै पनि पोस्टर सार्वजनिक ठाउ मा टास्न पाइदैन ।
तर हामी कहाँ चाही जे गरे पनि हुने ।चैत्र २४ देखी ३० सम्म "सफा काठ्मान्डौ हाम्रो काठ्मान्डौ" रास्ट्रीय स्वयसेवा अभियान अन्तर्गत पोस्टर हरु हटाइनेछन र पोस्टर हरु टास्ने नियम व्यस्थित गरिनेछ ।
कुनै बेला नेपाल आएका भारतीय कलाकार नशिरुद्दिन शाह लाई नेपाली फिल्म हेरे नहेरेको बारेमा कुनै पत्रकार ले प्रश्न गर्दा उनले भनेका थिए "नेपाली फिल्म हेरेको त छैन तर नहेरे पनि पोस्टर हेरेरै थाहा हुन्छ यहाँ कस्ता फिल्म बन्छन भनेर" उनको यो जवाफ बाटै अनुमान लगाउन गाह्रो पर्दैन कि नेपाली फिल्म का पोस्टर हरु ले खासमा नया दर्शक हरु लाई कुनै किसिम ले आकर्सित गर्न नै सकेको छैन ।बिकृत तरिकाले टासिएका पोस्टर हरु ले त खाली काठमान्डु लाई कुरुप मात्र बनाएको छ ।

फिल्म प्रचार प्रसार मा शहर को रुप कुरुप नपार्ने गरी फिल्म को बिज्ञापन गरेका कर्ण शाक्यहरु ले मात्र बुझ्न सक्छन उन्ले टास्ने  पोस्टर ले काठ्मान्डु कती कुरुप देखिन्छ भनेर ।                      


तेसैले अहिले रास्ट्रीय स्व्यम्सेवा अभियान कै मौका मा यो पोस्टर टास्ने,भित्ता मा राजनैतिक नारावाजि,slogan आदी इत्यादी लेख्न प्रतिबन्ध नै पो लगाउने पो हो कि ।किनकी सधै भरी यी ब्यापारी ले आफ्नो ब्यापार का लागी हाम्रो काठमान्डु फोहोर अनि कुरुप बनाइ नै रहनेछन अनि हामी भित्ता सफा गर्ने अभियान पर्खेर बसी रहनु पर्नेछ ।त्री चन्द्र कलेज का भित्ता भरी कस्ले हो कुन्नी राम्रा अनि सन्देश मुलक पेन्टिङ देख्दा कती राम्रो भन्न नपाउदै भोली पर्सी पल्टै यी दुस्ट हरु को आखा त्यही भित्ते पेन्टिङ मा परी हालेछ ।जम्मै पोस्टरै पोस्टर ।
तेही भएर यो प्रतिवन्ध लगाउ पहिला अनि भित्ता सफा गर्ने काम तदारुकता का साथ सुरु गरौ अनि अरु कुरा गरौला

1 प्रतिकृयाहरु:

Anonymous said...

My Nepal. Clean Nepal