मासिक तलब २ अर्ब ५२ करोड रुपैया

के तपाईं कल्पना गर्न सक्नु हुन्छ एउटा मान्छे को मासिक तलब कती हुन सक्छ ? बर्षको ? ? औंला भाच्नु पर्दैन हौ । ल महिना को भन्नुस । १० हजार्, वा २० हजार वा ५० हजार ? ? तपाईंले यस्तै यस्तै अनुमान लगाउनु भो होला होईन त ? तर बास्तबिकता एक्दम फरक छ । 
सन २०१२ मा बिश्व्मा सबै भन्दा धेरै तलब खाने मद्ध्य पहिलो नम्बर मा एप्पल का कार्यकारी प्रमुख टिम कुक Tim Cook पर्न सफल भए । उनको मासिक तलब २ अर्ब ५२ करोड नेपाली पैसा । बाप रे बाप । ३ करोड १५ लाख डलर महिनाको । र ३७ करोड ८० लाख डलर बर्ष को । जस्लाई ३७८ million $ भनिन्छ ।  यो तलबमा उनले पायको १.८ मिलियन डलर पनि समाबेश गरियको छ । उनको १ मिनट को तलब ५८,३३३ रुपैया नेपाली छ ।  
दोस्रो र तेस्रो सबै भन्दा धेरै तलब पाउने कार्यकारी प्रमुखहरु चाही क्रमश: ल्यारी एलिसन र रोनाल्ड जोन्सन हुन । उनिहरु क्रमश: Oracle Corp र JCP Penny Co. का प्रमुख हुन । उनिहरु को तलब बार्षीक क्रमश: ७७.६ र ५३.३ मिलियन डलर छ ।
Via Com Inc का प्रमुख फिलिप दमन जो अघिल्लो बर्ष धेरै तलब खाने मध्य १ नम्बरमा थिए, उनि अहिले चौथो नम्बरमा छन । उनले यस बर्ष ४३.१ मिलियन तलब पाए । 
पाँचौ देखी दशौ नम्बर मा पर्न सफल बाकी कार्यकारी प्रमुखको नामावली तल दिइएको छ ।  
5. David Cote - Honeywell International Inc. (HON) $35.3 million,
6. Stephen Chazen - Occidental Petroleum Corp. (OXY)  $31.7 million 
7.Robert Iger Walt Disney Co. (DIS), $31.4 million; 
8. Clarence Cazalot Jr., Marathon Oil Corp. (MRO), $29.9 million; 
9. Alan Mulally, Ford Motor Co. (F), $29.5 million;
10. Rupert Murdoch, News Corp. (NWSA), $29.4 million. 
(नोट  : - माथिको समाचारमा प्रती डलरलाई ८० नेपाली रुपैयाको दर ले रुपान्तर गरियको हो । )

0 प्रतिकृयाहरु: