यि नेपालका आतंककारिहरु ले खुब काम पाका छन्,  मुर्खहरुले  फेरी पड्काए बम । त्यो पनि खुल्लम खुल्ला ।
 कुरा ऐतेहासिक नगरि जनकपुरको हो । जहाँ आज जनतान्त्रीक तराइ मुक्ती मोर्चा भन्ने आतंककारी सँगठनले बम पड्काएछ । अहिले सम्म ४ जना को मृत्यु भइ सकेको छ ।   
जनकपुरको रामानन्द चोक मा मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना दिइ राखेको ठाउँ मा ज २ प ९३५५ नम्बरको एउटा मोटरसाइकलमा आएका २ जना मान्छे हरुले बिस्फोट गरायर भागेका थिए । 
 नाट्यकला परिषदका कलाकार रञ्जु झा, विमल शरण, झगरु मण्डल र सुरेश उपाध्यायको मृत्यु भ इ सकेको छ भने अन्य को जनकपुर अन्चल अस्पताल मा उपचार भइरह्को छ ।  
जनतान्त्रिक तराई मुक्ति मोर्चाका जयक्रान्ति राजन भन्नेले संचार माध्यम लाई SMS गरी घटनाको जिम्मा लियको थियो ।  
यि मुलाहरु  तेसै ठेगान लग्ला जस्तो छैनन है साथी हो, सरकारले अल्ली कडा कदम नचाले सम्म यस्तो घटना भइ नै रहन्छन ।  

साथी हो, कहाँ हुनुहुन्छ ? घर मै हो ? कि कतै बाहिर तिर घुम्न जानु भाको छ ? अनि के एफ सि तिर त हुनु हुन्न नि होईन ? यदी KFC (Kentuky Fried Chicken) मा चिकेन खान जानु भाको भए चाही अल्ली बिचार गर्नु होला है त नत्र तपाईंको पनि ब्रेन ड्यामेज होला नि । 
भर्खर मात्र अस्ट्रेलियाको अदालतले KFC मा Twist Wrap खादा ब्रेन ड्यामेज भएको एक्जना केटी लाई क्षती पुर्ती स्वरुप $8.3 million तिर्नु पर्ने फैसला सुनाएको छ ।  
समाचार अल्ली पुरनो हो । सन २००५ तिरको, तेती बेला अस्ट्रलियाको सिड्निमा KFC मा चिकेन खादा मोनिका सेमान भन्ने  एकजना बिरामी हुन पुगिन ।  सो चिकेन उनिलाई अति महँगो साबित हुन पुगयो ।  फल स्वरूप उनको ब्रेन ड्यामेज भयो ।  उनि Wheel Chair को साहरा लिन बाध्य भयीन र उनिले सदाको लागी आफ्नो बोल्ने शक्ती समेत गुमाउनु पर्‍यो ।  पीडित मोनिका बिरामी भए पछी करिब ६ महिना कोमामा बिताउनु परेको थियो ।  
काठमाडौंमा पनि दरबार मार्ग मा KFC रेस्टुरन्ट रहेको छ ।  जहाँ दैनिक १६०० के जि भन्दा बढी चिकेन बिक्री हुने गर्छ । यहाँको KFC ले आफुलाई चहिने मासु ब्राजिल बाट आयात गर्दै आएको छ ।
यस भन्दा करिब १ बर्ष अगाडी मल्टी न्यासनल कम्पनी KFC ले फिजिमा आफ्नो सेवा बन्द गरी सकेको छ ।
 साथी हो तपाईंहरु पनि चिकेन खान जाँदा चाही यस्सो बिचार गर्नु होला नि ।  


क्षेप्यास्त्र प्रतिस्पर्धा

पाकिस्तानको Inter Services Public Relations (ISPR) का अनुसार्,पाकिस्तानले बुधवार सफलतापुर्वक Hatf 4 Shaheen 1A  ब्यालेस्टिक मिसाइलको परिक्षण सफलतापुर्वक सम्पन्न गरेको जनाएको छ ।यो मिसाइल पाकिस्तानसँगै रहेको शाहीन्-1 को परिष्कृत version मात्र रहेको र यसको मार हान्ने दुरी र केहि प्राविधिक क्षमता विस्तार गरिएको जनाइएको छ ।भारतले १ साता अगाडी परिक्षण सम्पन्न गरेको लामो दुरीको ब्यालेस्टिक मिसाईलको जवाफमा यो परिक्षण गरिएको मानिएपनी यो हत्फ्-४ मिसाईलको आधिकारिक मारक दुरीको बारेमा भने कहिँ कतै केहि भनिएको छैन ।तर परम्परागत शत्रुका रुपमा आँफुलाई चिनाइरहेका भारत र पाकिस्तान बिचको यो प्रतिस्पर्धामा भारत नै अगाडी रहेको ठानिएको छ ।एकजना प्रतिरक्षा विष्लेशक्,अवकाशप्राप्त जेनरल तलत मसूद्का अनुसार यो क्षेप्यास्त्र २५०० देखी ३००० किलोमिटर सम्म मार हान्न सक्ने क्षमताको रहेको जनाएका छन ।
साथी हो तपाईंको कोठामा कुन बल्ब छ ? बिजुली कम खपत गर्ने CFL बल्ब होला होईन ? तर अहिले अमेरिकामा डच कम्पनी फिलिप्स ले बिना ब्यट्री २० बर्ष चल्ने बल्ब निर्माण गरेको छ ।
सो बल्ब मा फिलामेन्टको सट्टा  (LED) लाइट एमिटिंग डाइओड को प्रयोग हुनेछ र यसको मुल्य ६० डलर हुनेछ। यो बल्ब लाई 'बल्ब ३००० ' नाम दियिएको छ । 
यस्मा प्रयोग हुने LED को कारण ले गर्दा बल्ब यती लामो समय सम्म चल्न सम्भव हुने छ ।  
 अमेरीकामा अहिले पनि १०० वाटको बल्ब प्रयोग गर्न पाइदैन भने यूरोपमा त ६० वाट को बल्बमा पनि प्रतिबन्ध छ ।  सन २०१४ पछी त अमेरिका मा ४० वाट भन्दा माथिको बल्ब को उत्पादन मा नै प्रतिबन्ध लाग्ने छ । 
यो बल्ब Bright Tommorow भन्ने प्रतियोगिता बाट Introduce भएको हो । अमेरिका को उर्जा बिभागले आयोजना गरेको प्रतियोगिता मा फिलिप्स कम्पनी द्वारा निर्मित यो बल्ब बिजयी भएको हो । प्रतियोगिता को उदेश्य ६० वाट भन्दा कम क्षमताको बल्बको बिकल्पमा नयाँ बल्ब खोज्नु रहेको थियो । सो प्रतियोगिता मा डच कम्पनी फिलिप्सले मात्र भाग लिएको लिएको थियो । १८ महिना को लामो परिक्षण पछी सो बल्ब लाई बिजेता घोषणा गरियको थियो ।  




७० वर्षमा छैँठौ विवाहभर्खरै 20.04.2012 मा आफ्नो छैठौँ विवाहमा परम्परागत जुलु सँस्कार अनुसार नाच्दै राष्ट्रपती ज्याकोब जुमा र दायाँ नव दुलही
सबैलाई थाहा भएकै कुरो हो अफ्रीकी रास्ट्रपती ज्याकोब जुमा सारै रसिक छन ।उनी सारै रसिक स्वाभावका भएरै फेरी अर्को बिहे गरेका हुन कि त्यँहाको बहुपत्नी राख्ने सँस्कार धानिराखेका हुन्,त्यो उनि मात्र जान्दछन ।मैले माथी फेरी अर्को विवाह भनेर पो लेखेछु ।खासमा उनि विहे गरिरहन्छन ।उनको यो छैठौँ बिहे हो ।उनी अहिले ७० बर्षका पुगे ।रास्ट्रपतिको यो छैठौँ विवाह हो भने दुलही चाँही चौथी श्रीमतीको रुपमा रहनेछिन किनभने उनका अघिल्ला श्रीमतिहरुमध्य एकजनाले आत्महत्या गरेकी थिईन भने एकजनाले १९९८ तिर डिभोर्स गरेकी थिईन ।यो ज्याकोब जुमाको गएको ४ बर्षमा भएको तेश्रो विवाह मात्र हो भने २००९ मा उनि सत्तामा आएदेखिको दोश्रो विवाह हो । 

श्रीमती र सन्तान बृत्तान्त

ज्याकोब जुमा आँफै उनको बूवाको दोश्रो श्रीमतिबाट जन्मिएका थिए ।उनिसँग अहिले ६२ बर्षकी जेठी श्रीमती छिन जसबाट उनिहरुको कुनै सन्तान छैन र उनले दोश्रो विवाह पहिलो विवाह भएको १२ वर्ष पछाडी गरे ।६२ वर्ष जतिकी उनकी दोश्री श्रीमती अहिले पनि दक्षिण अफ्रीकी सरकारमा गृहमन्त्री छिन्,नेल्सन मन्डेलाकै सरकारमा पनि यी स्वास्थ्य मन्त्री र पछी विदेशमन्त्री समेत भैसकेकी थिइन । यी वहालवाला  राष्ट्रपती र वहालवाला गृहमन्त्री बाट उनिहरुको ४ जना सन्तान छन भने उनिहरुको १९९८ मै पारपाचुके भैसकेको छ ।१९७६ तिर फेरी इनले मोजाम्बिककी अर्की महिला सँग विहे गरे तर उनिसँगको वैवाहिक सम्वन्ध भने  तिक्ततापुर्ण रह्यो र यो सम्वन्ध सन २००० मा उनको आत्महत्या सँगै समाप्त भयो ।उनले लेखेको नोट्मा आफ्नो वैवाहिक सम्वन्धलाई "२४ वर्षे नर्क" भनेकी थिइन । यी तेश्री श्रीमती बाट उनको पाँच जना सन्तान हरु छन ।अब आयो पालो चौथो श्रीमतिको,ज्याकोब जुमाले अहिलेकी दोश्री तर जम्माजम्मी चौथी श्रीमती लाई विहे गर्नु भन्दा अगाडी नै उनिहरुका २ सन्तान जन्मी सकेका थिए र २००८ म उनिहरुको परम्परागत रुपमा विहे भएको थियो र यो विवाहले संसार भरिकै मेडियाको ध्यान खिचेको थियो ।२०१० मा फेरी उनले आफ्नो पाँचौ विवाह पनि गर्न भ्याए ।यि श्रीमतिबाट उनिहरुको ३ जना सन्तानहरु छन भने यि आँफुले लगाउने डिजाइनर परिधानहरुका कारण चर्चीत छिन ।अब शुरु गरौँ छैठौँ अध्याय,हालसम्मकी अन्तिम र छैठौँ श्रीमती सँग बाट उनिहरुको एउटा सन्तान छ भने राष्ट्रपतिको फ्रान्सको औपचारिक भ्रमणमा समेत उनि सरिक थिइन ।आफ्नो ७० औँ जन्मदिनको लगत्तै उनले यि छैठौँ महिलालाई औपचारिक रुपमा विहे गरेका छन ।
ज्याकोब जूमाका सन्तानका बारेमा एत्ती नै भन्ने चाँही  निश्चित गर्न सकिने स्थिती छैन ।उनको पहिलो सन्तान चाँही एकजना न्यायधिशकी बहिनी बाट १९७७ मा जन्मिएका एड्वर्ड हुनभने उनिहरुको बिचमा विवाह भने अहिले सम्म भएको छैन ।आफ्ना आधिकारिक श्रीमतिहरु बाट १५ जना सन्तानहरु रहेका छन भने सबैभन्दा जेठा(अविवाहित आमा)एड्वर्ड जूमा समेत गर्दा १६ जना सन्तान उनका आधिकारिक सन्तानहरु छन ।यो बाहेक जुमाले स्विकार गरेका तर तेत्ती चर्चामा नआएका २ जना छोरिहरु छन जो एकजना व्यवसायी महिलाका छोरिहरु हुन भने जोहानसबर्गकी एकजना महिलाकी ३ जना छोरी र रिचर्ड्स बेकी एकजना महिलाबाट एकजना सन्तान समेत उनैको भएको मानिन्छ । 

मलाई गर्व छ! 

जुमाले एकपटक एउटा टि भि कार्यक्रममा भनेका थिए "यहाँ त्यस्ता धेरै राजनितिज्ञहरु छन जसका अनगिन्ती रखौटिहरु र तिनिहरुबाट अनगिन्ती बच्चाहरु पनि छन  तर उनिहरुले यो कुरा लुकाइ राखेको भएर उनिहरुलाई एउटै श्रीमती भएका मानिन्छ ।मैले यो कुरा खुला राख्न रुचाएँ किनभने म मेरा श्रीमतिहरुलाई अगाध माया गर्छु र म मेरा वच्चाहरु प्रती गर्व गर्छु"
तर उनको लगातारको पाँचौ विवाहको घोषणा लगत्तै दक्षिण अफ्रीकी खवरपत्र इन्डिपेन्डेन्ट अनलाईनले मुख्य हेड्लाईनमा यस्तो लेखेको थियो "Zuma aims for 'Husband of the Nation"

सँक्रमणबाट बच्न नुहाँए!! 

१९४२ अप्रिलमा दक्षिण अफ्रीकामा जन्मेका जुमा नेल्स न मन्डेलाको 'रङभेद निती विरुद्द्को' आन्दोलनमा शुरु वाती दिनहरुमै अफ्रीकी न्यान्स्नल कङ्ग्रेस ANC पार्टी मा लडाका रहेर काम गरेका थिए ।साउथ अफ्रीकामा २००९ देखी निर्वाचित राष्ट्रपती रहिरहेका छन ।१९५५ तिर केहि वर्ष रात्री कक्षामा पढ्ने र स्व्-अध्धयन बाहेक अन्य औपचारिक अध्ययन गरेका छैनन ।१९९७ मा AN C को उपाध्यक्ष निर्वाचित उनि १९९९ मा उपराष्ट्रपती समेत मनोनित भएका थिए तर २००५ मा उनलाई भ्रष्टाचार र बलात्कारको आरोप लागेपछी दुबै पदबाट हटाइयो।हुनत जुमालाई लगाइएका दुबै आरोपहरु पछी खारेज गरिए ।
बलात्कारको मामिलामा जतिबेला अदालतमा मुद्दा चलिरहेको थियो त्यतिबेला उनको एउटा वयान यती आलोचित र चर्चित भयो कि त्यतिखेरका हरेक पत्रीकाहरुमा उनकै त्यो वयान सम्वन्धी कार्टूनहरु मात्र छापिन्थे ।अहिले सम्म पनि दक्षिण अफ्रीकामा त्यो सम्झिँदा मान्छेहरु जोड्जोड्ले हाँस्छन ।भएको के थियो भने आँफुलाई अहिले जसले बलात्कारको आरोप लगाएको छ उसँग आँफुले आँफु न्यास्नल एड्स काउन्सिलमा प्रमुख रहेका बेलामा उनि एड्स सँक्रमित हुन भन्ने थाहा पाउँदा पाउदै पनि बिना कन्डोम सहमतिमा योन सम्वन्ध राखेको सही हो ।अनी बेन्चमा जम्मै आश्चार्यचकित थिए तर उनले आफ्नो बुद्धिमत्ता प्रदर्शन गर्दै थपे "मैले योन सम्पर्क सकिने बित्तिकै एड्स नसरोस भनेर राम्रो सँग नुहाएँ" ।उनको यो 'बुद्धिमत्तापुर्ण्' नुहाएर एड्स नसर्ने भन्ने सोँचको तिब्र आलोचना भयो र अँझ रोचक त के भने उनिले यो क्रीयाकलाप त्यो समयमा गरेका थिए जुन समयमा उनि एड्स काउन्सिलका प्रमुख पनि थिए।   
एकजना न्यायधिशकी बहिनी जसबाट उनको पहिलो छोरो छ ।उनी र जूमा माथी चित्रण गरिएको कार्टून ।  

सातौं श्रीमति

तपाइँहरुलाई अचम्म लाग्ला भर्खर त उनले छैठौँ विहे गरे अब कहाँबाट सातौँ श्रीमतिको कुरा आयो ?कुरो यस्तो हो;जुमाले २००२ तिरै स्वाजिल्यान्ड्की राजकुमारी र अहिलेका राजाकी नातिनी लाई विहे गर्न १० ओटा गाई सगुन(स्थानिय रिवाज अनुसार lobola) पठाइसकेका छन ।हाम्रो एता मधेश तिर केटी तिरबाट दाइजो दिए जस्तै अफ्रीका तिर सगुन स्वरुप गाईवस्तु वा नगद दिने चलन छ केटाहरुको तर्फ बाट ।यसैले अब हुने विवाह अहिले नै लगभग पक्का जस्तै गरिसकेका छन जुमाले । 

---------------------------------------------------------------------------------------------------------------------
हामिले बडो मेहनत गरेर तैयार पारेको यो सामाग्री तपाईहरुलाई चाँही कस्तो लागो ? ? हामी प्रतिकृयाको आशामा छौं। फेसबूकमा शेयर गर्नुस या हामिलाई फेसबूकमा लाईक गर्नुस नजिकैको लाईक वा शेयर बटन थिच्नुहोस्;
हामिलाई हौंशला प्रदान गर्नुस्,अझै राम्रो लेख्न लाई । 
---------------------------------------------------------------------------------------------------------------------

आज भारतले चाइनाका मुख्य शहरहरु बेइजिङ र शाङ्घाइ सम्म मार हान्न सक्ने मिसाइलको सफलतापूर्वक परिक्षण सम्पन्न गरेको जनाएको छ ।प्रतिरक्षा प्रमुख् (chief of Defence Research and Development Organisation) भी के सरस्वतका अनुसार्" मिशन सफलतापूर्वक सम्पन्न भएको छ ।हिन्द महासागरमा रहेको target कुशलतापूर्वक मार हानिएको छ ।"
हिजो बेलुकाको लागी पुर्वनिर्धारित परिक्षण कार्यक्रम खराव मौसमका कारण स्थगित गरी आज बिहिवार बिहान ८:०७ बजे परिक्षण गरिएको यो मिसाइल तैयार गर्न २५०० करोड़ भारतिय रुपैयाँ खर्च लागेको जनाइएको छ ।
जतिसुकै हल्ला गरिएपनी हतियार र क्षेप्यास्त्रको होड्बाजिमा चाइना भारत भन्दा धेरै अगाडी छ ।यसभन्दा अगाडी भारतसँग सबैभन्दा लामो ३५०० किलोमिटर मार क्षमताको अग्नि-३ क्षेप्यास्त्र रहेको थियो ।
रक्षा बिश्लेषकहरुका अनुसार फ्रान्स्,रुस्,चाइना,बृटेन र अमेरिकासँग यही प्रविधिकै मिसाइलहरु पहिलेदेखी नै छन भने इजराइलसँग पनि यस्तै मिसाइल रहेको ठानिन्छ । केहि हप्ता अगाडी उत्तर कोरियाले पनि यस्तै खालको क्षेप्यास्त्र परिक्षण गर्न लागेको थियो जसको परिक्षण असफल भएको थियो ।  
AP/Indian Ministry of Defense 


वेलायती सन्काहा सासंद्को घोषणा 
बृटेनको माथिल्लो सदनका एकजना बिबादास्पद सांसद (Lord) नाजिर अहमद्ले बाराक ओबामा लाई समात्ने लाई १ करोड पाउन्ड इनाम स्वरूप दिने घोषणा गरे ।
उनले यो घोषणा पाकिस्तानको हरिपुर भन्ने ठाँउमा त्यहाँका व्यापारिहरुले आफ्नो सम्मानमा राखेको कार्यक्रममा गरेका थिए ।
पाकिस्तानको एक्स्प्रेस ट्रीब्युन खबरपत्रका अनुसार उनले केहि समय अगाडी अमेरिकि सरकारले २००८ मा मुम्बईमा १६६ जनाको ज्यान जानेगरी गराइएको बम आक्रमणमा दोषी ठानिएका लश्कर्-ए-तैवा भनिने पाकिस्तानी आतङ्कवादी समूहका प्रमुख  हाफिज मोहम्मद सइद्लाई समात्नेलाई १ करोड डलर पुरस्कार दिने उसको घोषणाको सन्दर्भमा यो घोषणा गरेका थिए ।
उनले त आँफुले जुनसुकै हालतमा पनि यो पैसा जम्मा गर्ने र अझ पुगेन भने आँफु बसेको घर बेचेरै भएपनी यो पैसा जम्मा गर्ने बताए ।
ओबामाको मुल्य घोषणा सकिने बित्तिकै उनि आँफुलाई भने लेबर पार्टीले बर्खास्त गरिसकेको छ ।
पाकिस्तानमै जन्मेका यी बृटिश लर्ड बारम्वार यस्ता विवादमा परिरहन्छन ।केहि समय अगाडी प्रख्यात उपन्यासकार सल्मान रश्दिलाई बृटेनमा नाइटहूड सम्मान प्रदान गरिएकोमा समेत उनले यसको विरोध गरेका थिए र उनको विरोधको  भाषाको आलोचना समेत भएको थियो भने केहि बर्ष अगाडी अन्धाधुन्द  गाडी हाँकेको आरोपमा जेल सजाय समेत पाएका थिए तर पुनरावेदनले उनको जेल सजाय भने माफ गरिदिएको थियो ।   
उता आफ्नो पार्टीले आँफूलाई निकालेकोमा क्रोधित हुँदै आँफुले त्यसो नभनेको तर टोनी ब्लेयर र जर्ज बुशलाई अफगानिस्तान र इराकमा युद्ध अपराधमा संलग्न रहेको र उनिहरुलाई न्यायको कठघरामा उभ्याउनु पर्ने धारणा मात्र राखेको भनेका छन ।
के तपाईं कल्पना गर्न सक्नु हुन्छ एउटा मान्छे को मासिक तलब कती हुन सक्छ ? बर्षको ? ? औंला भाच्नु पर्दैन हौ । ल महिना को भन्नुस । १० हजार्, वा २० हजार वा ५० हजार ? ? तपाईंले यस्तै यस्तै अनुमान लगाउनु भो होला होईन त ? तर बास्तबिकता एक्दम फरक छ । 
सन २०१२ मा बिश्व्मा सबै भन्दा धेरै तलब खाने मद्ध्य पहिलो नम्बर मा एप्पल का कार्यकारी प्रमुख टिम कुक Tim Cook पर्न सफल भए । उनको मासिक तलब २ अर्ब ५२ करोड नेपाली पैसा । बाप रे बाप । ३ करोड १५ लाख डलर महिनाको । र ३७ करोड ८० लाख डलर बर्ष को । जस्लाई ३७८ million $ भनिन्छ ।  यो तलबमा उनले पायको १.८ मिलियन डलर पनि समाबेश गरियको छ । उनको १ मिनट को तलब ५८,३३३ रुपैया नेपाली छ ।  
दोस्रो र तेस्रो सबै भन्दा धेरै तलब पाउने कार्यकारी प्रमुखहरु चाही क्रमश: ल्यारी एलिसन र रोनाल्ड जोन्सन हुन । उनिहरु क्रमश: Oracle Corp र JCP Penny Co. का प्रमुख हुन । उनिहरु को तलब बार्षीक क्रमश: ७७.६ र ५३.३ मिलियन डलर छ ।
Via Com Inc का प्रमुख फिलिप दमन जो अघिल्लो बर्ष धेरै तलब खाने मध्य १ नम्बरमा थिए, उनि अहिले चौथो नम्बरमा छन । उनले यस बर्ष ४३.१ मिलियन तलब पाए । 
पाँचौ देखी दशौ नम्बर मा पर्न सफल बाकी कार्यकारी प्रमुखको नामावली तल दिइएको छ ।  
5. David Cote - Honeywell International Inc. (HON) $35.3 million,
6. Stephen Chazen - Occidental Petroleum Corp. (OXY)  $31.7 million 
7.Robert Iger Walt Disney Co. (DIS), $31.4 million; 
8. Clarence Cazalot Jr., Marathon Oil Corp. (MRO), $29.9 million; 
9. Alan Mulally, Ford Motor Co. (F), $29.5 million;
10. Rupert Murdoch, News Corp. (NWSA), $29.4 million. 
(नोट  : - माथिको समाचारमा प्रती डलरलाई ८० नेपाली रुपैयाको दर ले रुपान्तर गरियको हो । )

(वि.सं २०६९ बैशाख ०१ शुक्रवार) - 
सबै भन्दा पहिला खबर क्लबको तर्फ बाट नयाँ बर्ष २०६९ सालको शुभकामना ।  

आज नयाँ बर्ष । नयाँ बर्षको पूर्व सन्ध्यामा देशमा नाट्कीय खुशी छायो । संबिधान बन्ला कि नबन्ला भनेर अन्यौल छाई रा'को बेला, एक्कासी अबिश्वसनिय रुपमा खुशिका लहरहरु छायो, जस्लाई म New Year को Surprise Gift  भन्न रुचाउछु । शान्ति प्रकृयाको सबैभन्दा महत्व्पूर्ण पाटो सेना समायोजन सकियो । यो भन्दा ठुलो उपहार के हुन सक्छ र नयाँ बर्ष को । अहिले बिस्तारै नै सही तर चारै तिरबाट देशमा सकरात्मक सन्देश आइराको छ । देशमा  केहि होला होला जस्तो भइरा'को छ । अब त देशमा पक्कै शान्ती अनि बिकाशका लहरहरु देखा पर्ला जस्तो छ । Hopeless  नहुनु है साथिहरु हो । देश मै केहि गर्नु पर्छ । देश सानो छ , छिट्टै परिवर्तन हुन सक्छ । प्रगती गर्न पनि खासै समय लाग्दैन मात्र एकपटक गती लिनु पर्‍यो । आउनुस हामी सबै मिलेर सकरात्मक सोच राखौ । हामिले गर्न सक्ने न्युनतम सहयोग यही हो देशलाई । 
एक्कै छिन म यसै बिचमा एउटा ब्यक्तिगत प्रसँग पनि जोडिहालौ है त ।  
केहि समय अगाडी म मेरो साथी हरु सँग पशुपती नाथ मन्दीर दर्शन गर्न जादा हामी सबै साथी हरु श्री पशुपती नाथ अगाडी हात जोडेर प्रर्थाना गरिसके पछी, साथी हरु बिच मा कस्ले के मागयो भगवान सँग भनेर कुरा हुन्थ्यो कहिले काही । हरेक पटक हामी सबै साथिले आफ्नो ब्यक्तिगत कुरा गर्थियौ,तर हामी सँगै मन्दीर जाने एकजना समुन्द्र भन्ने साथिले चाही देशमा छिट्टै सँबिधान बनोस भनेर माग्नु हुन्थ्यो । उहाँको यो कुरा बाट मैले धेरै कुरा सिक्ने मौका पाए । एउटा मान्छेले भित्रै बाट देश प्रती सकारत्माक सोच राख्दा पनि तेस्ले निकै प्रभाव पार्दो रहेछ (बाबुराम को शब्द सापट लिने हो भने) भन्ने हाम्लाई लाईराको छ । हा हा हा 
र अनि अन्त्य मा,  
...............................साथी हो तपाइहरुको नयाँ बर्ष २०६९ पनि राम्रो होस । आउनुस सबै मिलेर सकारत्मक बनौ, सकारत्मक सोच राखौ । फेरी एकपटक नयाँ बर्ष २०६९ सालको शुभकामना ।  

श्री पशुपती नाथ ले सबैको कल्याण गरुन ।  

जनसेना अब चाँडै नै इतिहास बन्दै
शान्ती प्रकृया को सबैभन्दा महत्व्पूर्ण र सबैभन्दा जटिल प्रकृया को रुपमा हेरिएको हतियार र माओवादी लडाकाहरुको जिम्मा नेपाली सेनालाई हस्तान्तरण गर्ने प्रकृया आज हतार हतार मा कार्यान्वयन सुरु गरिएको छ ।औपचारिक रुपमा बुधबारसम्म पुनर्वगिकरणको काम सकेर विहीबार समायोजनमा जाने लडाकू र हतियार सेनालाई जिम्मा लगाउने विशेष समितिको कार्यतालिका रहे पनि लडाकु शिविरहरुमा आक्रोश र झडपको स्थिति उत्पन्न भएपछि वर्गिकरणको काम मंगलबार रोकिएको छ र अपर्झट मंगलबार नै पुनवर्गिकरण को काम स्थगित गरी तत्काल माओवादी लडाकु,कन्टेनरमा रहेको हतियार र शिविरको भौतिक संरचना नेपाली सेनाको नियन्त्रण मा राख्ने निर्णय गरी नेपाली सेना परिचालन गरिएको छ ।जसनुरूप नेपाली सेना मंगलवार अबेर राती सम्ममा जम्मै शिविरहरुमा परिचालित भैसक्ने छ।
असन्तुष्ट पक्ष आन्दोलनको तयारीमा 

यसैबिच असन्तुष्ट लडाकुहरुले हात्तिवन स्थित चौथो डिभिजनमा कमाण्डर चढ्ने केहि गाडीहरु,शिविरभित्रका घर अनि प्रतिक्षालय जलाएका छन् ।कमान्डरहरुले रकम दुरुपयोग गरेको,हिसाब किताब पारदर्शी नभएको भन्दै आगजनी गरेका भनिएको थियो ।
अनुमान गरिए अनुसार कन्टेनरकै चाबी बुझाउने बाबुराम भट्टराई सरकारको अघिल्लो निर्णयलाई कडा रुपमा बिरोध गरेका र सरकारको अहिलेको निर्णयलाई बैध्य समुहले झन कडा प्रतिरोध गर्ने ठनिएका बेलामा उनको समुहको सम्पर्क कार्यालयमा बसेको बैठकले निर्णयलाई "आत्मसमर्पणको पराकाष्ठा र क्रान्ती प्रती गम्भिर विश्वाशघात्" भनेको छ ।
बैध्य पक्षिय असन्तुष्ट समूहले भोलिका लागी १ घन्टे चक्काजाम र बेलुका मशाल जुलुश सहित प्रचन्ड र बाबुराम भट्टराईको पुत्ला जलाउने कार्यक्रम घोषणा गरेका छन र विरोधका बांकी कार्यक्रम भोली तय गरिने जनाएका छन ।
  


        १९९० सम्म अमिताभ बच्चन मात्र एकजना यस्ता भारतिय कलाकार थिए जसले करोड रुपैयाँ पारिश्रमिक लिन्थे र उनले यो एकछत्र राज धेरै समय चलाई रहे ।तर उनि पछाडी उनको बिरासत धान्ने काम शाहरुख खान ले गरे भने पछिल्लो समयमा आएर आमिर खान को पारिश्रमिक लाई कसैले च्यालेन्ज गर्न सक्ने अवस्था देखिएको छैन ।अहिले २ बर्ष यता देखी भने सलमान खान का पनि राम्रा दिन हरु सुरु भएका छन ।फ्लप फिल्म हरु का कारण हिन्दी फिल्म हरु बाट टाढिने दिन सुरु भ्एको भनेर सोचिदा सोचिदै उनका लगातार प्रदर्शन भएका लगातार सुपर हिट फिल्म हरु ले उनको लोकप्रियता मात्र हैन पारिश्रमिक पनि व्ह्वात्तै बढेको छ ।यसै सिलसिलामा हामिले अहिले राम्रो फर्म मा रहेका केहि भारतिय कलाकार हरु को पारिश्रमिक तल फोटो सहित उल्लेख गरेका छौँ ।
हामिले पारिश्रमिक को श्रोत बिभिन्न अनलाईन खबर र अङ्रेजी Brunch पत्रीका बाट लिएका हौं ।
स्मरणिय छ पारिश्रमिक को सम्बन्धमा आमिर खान आफुले खेल्ने फिल्म हरु बाट नाफा को हिस्सा मात्र लिने गरी पनि फिल्म खेलिरहेको कुरा धूम्-3 मा खेल्ने कि नखेल्ने भन्ने लामो समय को बिबाद मा बाहिर आएको थियो ।त्यती खेर को मुल बिवाद नै profit sharing के कती भन्ने नै थियो भन्ने चर्चा बाहिरा चलेको थियो ।
लामो फिल्मी गन्थन का लागी हामी फिल्मी पत्रकार त होइन तेसैले लामो फिल्मी गन्थन छोडौं अनि मुनी फोटो मा हेरौ भारतिय कलाकार का पारिश्रमिक

Akshya Kumar     |    Hritik Roshan       | Ajay Devgan        | Ranvir Kapoor      | Saif Ali Khan
  18-22 Crore                15-20 Crore           10-16 Crore          8-10 Crore            7-10 Crore













 Saahid Kapoor       | John Abraham     |  Imran Khan    |      Sanjay Dutt     |  Amitav Bacchan
   7- 8 Crore                  5-7 Crore            5-7 Crore               5-7 Crore           4 - 6 Crore


पृथ्वीमा पाइने अति दुर्लव खनिज पदार्थमा अब चिनले नियन्त्रण जमाउने भएको छ ।चिनको उक्त कदमको अमेरिका लगाएतका केहि देशहरुले घोर आपत्ती जनाएका छन । अमेरिकले गत महिना उक्त बिषयमा चिन बिरुद्ध बिश्व ब्यापार सँगठनमा केस दर्ता गराइसकेको छ । 
बिश्वमा  पाइने अति उक्च प्रबिधियुक्त सामान बनाउन प्रयोग हुने उक्त दुर्लभ पदार्थको ९५% चिनले उत्पादन गर्छ र बाँकी ५ प्रतिशत मात्र बिश्वको अरु देशरुले उत्पादन गर्छन । यो दुर्लभ पदार्थ DVD, ब्याट्री , मोबाईल फोन्, फ्लाट टिभी स्क्रीन आदी बनाउन प्रयोग हुन्छन । 
चिनले बाहिर निर्यात हुने खनिजमा निश्चीत कोटा तोक्ने छ जस्ले गर्दा दुर्लभ खनिजको मुल्य आकासिने छ, भने आफ्नो देश भित्रका घरेलु ग्राहकलाई भने सस्तो मुल्य कायम गर्ने छ ।जस्को कारण चिन भित्र बन्ने सामानको लागत कम पर्ने छ भने अन्तराष्ट्रीय कम्पनिहरुलाई चर्को मुल्यको द्बाब पर्ने छ । अमेरिकि कम्पनी ले निर्माण गर्ने आइ फोन तथा ईलेक्ट्रोनिक कार हरुको उत्पादन मा यि दुर्लभ खनिज पदार्थ नभइ हुन्न । 
गत बर्ष जापान सँग तनाब हुँदा पनि चिनले जापान निर्यात हुने खनिजमा प्रतिबन्ध लगाएको थियो । जस्को कारणले बिश्वको नम्बर १ कार उत्पादक कम्पनी Toyota ले आफ्नो उत्पादनको ठुलो भाग कटौती गर्नु परेको थियो ।  




पहिला पहिलको कुरा हो, फक्ल्यान्डको वारमा ब्रीटिस गुर्खा बाट अर्जेन्टीना बिरुद्ध हमला गर्न गाको गुर्खा फौज आउने हल्ला सुनेर दुस्मन हरुको बिचमा तहल्का मचिएको थियो रे । पछी गुर्खा हरु नै त्याहा पुगेपछी त के छोड्थे र गोर्खाली हरु ले, खुकुरी ले हान्दै दुस्मन ढाल्दै । अनि गुर्खा लडेको वार मा जित त गोर्खाकै हुने नै भयो ।
अब समय धेरै परिवर्तन भो । पहिला को जस्तो वार पनि हुन्न आजकल । अनि गुर्खाली लाई पनि पर्नु पिर पर्या जस्तो छ । अब आफ्नो युद्द कला देखाउनै पाको छैनन बिचरा । तेसैले होला बेला बेला मा समाचार सुन्न पाइन्च,  रेल भित्र गुर्खा यती डाकु सँग एक्लाई भिडे ।  गुर्खा को बिच मा रहदा राजकुमार ह्यारी सबैभन्दा सुरक्षित महसूस गर्छन । वा यस्तै यस्तै समाचार ।
तर यसपटक त गोर्खे हरुले गर्नु गरेछन नि । ९ जना को समुहमा रहेका सिङापुर पुलिसका जुनियर गुर्खा हरुले भुत पूर्व पुलिस अधिकारि लाई मर्ने गरी पिटेछ्न ।बिचरा पिडीत पुलिस अधिकारि आइ सि यु मै भर्ना भएछन्, र अहिले उनि कोमामा छन । पिट्नु पनि April Fool कै दीन पिटेका रैछन ।कारीब साढे ३ बजे तिर । ९ जनै गोर्खा हरु अहिले सिङापुर पुलिसको नियन्त्रणमा रहेको बुझिएको छ ।
सिङापुर पुलिस प्रबक्ताका अनुसार ९ जना गोर्खा जुनियर पुलिस हरु लाई कानुन अनुसार १० बर्ष सम्मको सजाय हुन सक्नेछ ।





एउटा यस्तो अचम्म्को चश्मा जस्मा माईक्रो फोन पनि हुनेछ र त्यस्को अगाडी पट्टिको अर्ध पार्दर्शी सिशा मा भिडियो पनि हेर्न मिल्ने छ । 

प्रोजेक्ट ग्लास (Project Glass) नाम दियिएको यो आबिस्कारको बारेमा गुगलले आफ्नो आधिकारिक वेब साईट मार्फत जानकारी दिइ सकेको छ । 

मौशम शम्बन्धी जानकारि, नक्सा, सन्देश आदान प्रदान्,  संगीत, भिडियो लगाएत १४ वटा फरक्- फरक बिषेशता सहित आउन लागेको यो चश्माको मुल्य तथा बिक्री सुरु गरिने मितिको बारेमा भने गुगलले कुनै जान्कारी दिएको छैन । बिशेषज्ञका अनुशार यो सामग्री को मुल्य कारीब २५०- ६०० अ्मेरिकी डलर सम्म पर्न सक्नेछ भने बजार मा आउन धेरै समय भने लाग्ने छैन । 
गुगलको जस्तै आबिस्कार गर्ने प्रयाश अरु कम्पनिले बिगतमा गरे पनि सफल भने हुन सकेका थिएनन । बिगतका बर्षहरु मा सर्छ ईन्जिन मार्फत एकाधिकार जमाएको गुगलले पछिल्लो क्रममा अन्य धेरै नयाँ ठुलो र नयाँ प्रोजेक्टमा हात हालेको छ । भर्खर मात्र Motrola मोबाईल फोन कम्पनी किन्ने घोषणा गरेको गुगलले केहि समय अघिमात्र क्रोम ल्याप्टप बजार मा ल्याउने घोषणा गरेको थियो । 
 By : Raj Kumar Thapa
notonlyraj@gmail.com


हिजो बाट शुरु भाको सरसफाइ अभियान मा ठुलाठुला पद मा बस्ने हरु ले शिँह दरबार बढारेको त सबैले सुनेकै हुनु पर्छ ।यी प्रधानमन्त्री हरु ले एक दिन सडक बढार्दैमा काठमान्डु सफा भई हाल्ने हो र ?नाटक्....
कुनै कडा नियम अनि त्यस्लाई लागु गर्न लाई एउटा निकाय नभए सम्म रास्ट्रपती नै आएर बढारे पनि केहि हुने वाला छैन...

एस्तै एस्तै लागेको होला है तपाई हरु लाई पनि...तर तेसो होईन रहेछ ।थाहा पाउनु भो हिजो राती फोहोर बाटा तिर मिल्क्याउन लाग्दा १८ जना जती लाई पुलिस ले पक्रेर १ रात को लागी थुना अनि ५०० रुपैयाँ जरिवाना तिराएछ ।अनी यो कानुन हिजै बनाको त होईन रैछ नि ।पहिले देखी नै रैछ ।लागु चाही हिजोबाट भाको रैछ भन्नु पर्‍यो ।फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने वा फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई १५ दिनदेखि ३ महिना कैद, ५ सयदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।तर सुरुवाती चरण मा भाको भएर एकै दिन मात्र कैद र ५०० रुपैयाँ मात्र जरिवाना गरिएको काठ्मान्डौ महानगर ले जनाएको छ ।महानगरीय प्रहरी का अनुसार राती को समयमा सादा पोशाक मा प्रहरी परिचालन पनि गरिएको रहेछ र मातहत का हरेक प्रहरी निकाए मा पनि सार्वजनिक ठाँउ मा फोहोर गर्ने माथी निगरानी बढाउन निर्देसन गै सकेको छ ।

मापसे(रक्सी खाएर गाडी चलाउन नपाउने)अभियान जसरि सफल भएको छ र यो अभियान बाट राती हुने गरेको दुर्घटना जसरि कम हुँदै गएको छ र यो अभियान बाट जसरि प्रहरी ले स्याबाशी पनि पाएको छ त्यस्बाट प्रहरी पनि हौशिएको जस्तो छ,यो नयाँ अभियान सफल पार्न ।
तेसैले जसरि हुन्छ यो हाम्रो फोहोर को सभ्यता भत्काउनु पर्‍यो ।ढिला भई सके पनि बिग्री सकेको चाँही छैन नि कि कसो ।
प्रसँगबस हाम्रो काठमान्डु कै बारेमा एड्मन्ड हिलेरी का बहिनी ज्वाई ले कती राम्रो सँग सुरुवाती बर्णन गरेका रैछन सानो cut and paste हेरौ अनि detail मा हेर्ने भए चाँही यो link click गरौ www.http://www.travelconsumer.com/articles/kathmandu1.htm#.T37eloeP_85

                       










Kathmandu, Nepal
by Max Lent.  � 2003 Max Lent
Dirt, filth, rotting garbage, sick dogs, black clouds of exhaust fumes, incessant car and motor scooter horns blaring, smog, open sewers, feces everywhere, polluted streams, hucksters, hawkers, frightening driving, dangerous food, and even more dangerous water accurately describe one of the most beautiful places I have ever been.  It also describes a place that I would rush to return to if ever I have the chance

साथी हो बैंकमा खाता छ ? पक्कै पनि होला, अनि इब्यान्किङ्, नि ? त्यो पनि पक्कै होला । तेसो हो भने भने बिचार गर्नुस तपाईंको पैसा चोरी होला नि बैंक बाट । अब तपाइलाई अचम्म लाग्ला तपाइको पैसा तपाईंकै ब्यांन्क बाट कसरी चोरी हुन्छ ? धेरै अचम्म मान्नु पर्दैन । यो सम्भब छ । यस्तो काम कम्प्युटर बिज्ञहरुले गर्न सक्छन जस्लाई ह्याकर पनि भनिन्छ । यो काम ह्याकरहरुले फिसिङ्; को  माध्यम्ले गर्न सक्छन । 

के हो फिसिङ्ग Phishing भनेको ? 
कम्प्युटर प्रबिधी मा फिसिङ Phishing भन्ने एउटा शब्द छ । जस्को अर्थ जाल थाप्नु हुन्छ । फिस Fish भन्नाले माछा, तेस्तै फिसिङ भन्नाले माछा लाई जाल थाप्नु । यस्को अर्थ माछा लाई जालो थापेको जस्तै गरी तपाइ लाई जाल थापेर तपाइको पास्वर्ड पत्ता लगाएर आफ्नो फाइदा लिनु ।  

जाल कसरी थाप्छन ह्याकर हरु ? 
 जाल बिभिन्न तरिका ले थाप्न सक्छन ह्याकरहरु । बिभिन्न कम्पनीहरुको हु-बहु नक्कली वेब साइट बनाएर, बिभिन्न किसिमका इमेल पठाएर आदी । मानौ तपाईंको ABC Bank मा खाता छ र तपाइले इ-ब्यान्किङ सेवा पनि लिनु भाको छ भने ह्याकर हरुले तपाइ लाई, तपाइको ईमेलमा नक्कली ईमेल पठाउछन । हु-बहु ABC बैंककै जस्तो मिल्ने खाल्को ईमेल बाट ।  (exaple@abcbank.com) ।  ईमेल मा कुनै लिन्क दिएको हुन सक्छ । जुन लिङ्कमा तपाईंलाई क्लिक गर्न भनिएको हुन सक्छ । जस्तोकी ( Please Click the link below and change password Immidiately) वा यस्तै केहि भनेर । जब तपाइले लिङ्कमा क्लिक गर्नु हुन्छ तपाइको ABC बैंककै जस्तो हु-बहु मिल्ने साईट खुल्छ । तपाइले अनुमान पनि लगाउन गाह्रो हुन सक्छ कि त्यो वेब साईट नक्क्ली हो भनेर । जब तपाईंले त्यहाँ आफ्नो User Passwod टाइप गर्नु हुन्छ त्यो ह्याकर को Data Base मा जान्छ । अनि उनि हरुले सजिलै तपाइको ABC Bank को User र Password सजिलै आफु अनुकुल प्रयोग गर्न सक्छन ।  


कसरी बच्ने फिसिङ Phishing बाट ?
 २-४ वटा कुराहरु मा ध्यान दिनु भयो भने फिसिङ बाट बच्न गाह्रो छैन । 
१- इमेल आएका लिङ्क्मा क्लिक नगर्ने वा ईमेल मा Password कहिले उपलब्ध नगराउने । 

२- Website खोल्दा https:// (एच टी टी पि एस) छ कि छैन याद राख्ने । https://abcbank.com । यहाँ http पछी आउने s को अर्थ (secure) सुरक्षित भन्ने जनाउछ ।  
३- यदी website http://abc.com वा abc.com वा www.abc.com मात्र छ भने त्यो सुरक्षित छैन भन्ने बुझ्ने ।  
तपाइ हरु लाई यस सम्बन्धमा अरु केहि जिज्ञासा भए सोध्नु होला है त । अहिले म चाही हिडे आफ्नो इ-ब्यान्किङ चेक गर्न । कतै सोल्टी हरुले उडाइ पो सके कि ।  
By :Raj Kumar Thapa;
notonlyraj@gmail.com





देशमा सम्बिधान बन्ला-बन्ला जस्तो मात्रै के भाथ्यो फेरी सुरु भइहाल्यो बम पड्किने हल्ला । चार चार ठाउँमा बम राख्न भ्याइ सकेछन , खुल्लम खुल्ला, पब्लिक प्लेस्मा । त्यो पनि दिउसै १२ बजे   ।   नेपाल कम्युनिष्ट पार्टी पिपल्स वार भन्ने आतंककारी सङ्गठन रे नाम पनि ।  धन्नै भ्याइ सकेका, नराम्रो केहि भएन ।  अब हाम्रा पुलिस दाइ हरुले पनि के के गरुन बिचरा बम निस्कृय पारुन कि बम राख्ने मान्छे खोजुन । गरी खान दिने भएनन्,यि मुलाहरुले.. पब्लिक ठाउँमा बम पड्काएर कस्लाई मार्न खोज्या हुन ? यिनिहरु लाई केहि गरी पनि न-सकिने भयो ।जे होस काठमाडौं मा सुरक्षा छैन भनेर देखाउन चाही सफल भकै छन यि आतंकाकारीहरु ।
Dev Raj Lama, Terrorist
अस्ती भर्खर देव राज लामा भन्ने एउटा आतन्ककारिले बबरमहलमा तहल्का मचयायो । बिचरा सोझा साझाहरु परे । जती गरे पनि यि पशुहरुको चेत खुल्ने भएन । यि आतंकाकारिहरुले त देश नै बर्बाद पार्ने भए ।
साथिहरु हो तपाईंहरु पनि बाहिर हिड्दा Be Careful है । अनि तपाईंहरु बसेको ठाउँ मा कुनै सङ्काश्पद गतिबिधी देख्नु भने १०० मा डायल गरी हालौ हौ । पुलिसको नम्बर हो यो, आजकल त NTC र NCELL दुबै बाट फोन जान्छ नि ।

सुचना दिने अरु नम्बरहरु पनि छन यहाँ, मोबाईलमा सेभ गरी हालौ ।
सूचना दिनका लागी सम्पर्क नम्बरहरु
मो नं - ९८५१२८००१७ मो नं - ९७४१२२३१००
मो नं - ९८५१०२५७९९ मो नं -  ९८५१०३४३१३




७०-८० को दशक का हिन्दी फिल्म हरु को झझल्को दिने चर्को गाढा पहेलो,रातो,हरियो रङ हरु को भर्मार प्रयोग गरिएका पोस्टर हरु काठ्मान्डु का भित्री शहर हरु मा जता हेर्यो तेतै आखा नै तिर्मिराउने गरी देखिन्छन ।
यी भित्ता र पर्खाल हरु कुरुप बनाउन student consultant,हरु को पनि तेत्तिकै योगदान छ ।
हाम्रो नजिकै को भारत का थुप्रै राज्य हरु म पनि जथभाबी पोस्टर टास्न नपाउने नियम नै छ ।कती सम्मा भने केरला तिर त चुनावी पोस्टर पनि झिक्न मिल्ने गरी मात्र टासेको देखियो ।होर्डिङ बोर्ड हरु बनाएर चाही मुख्य चोक हरु मा चुनाव प्रचार गरे को दिखियो ।दिल्ली मै पनि पोस्टर सार्वजनिक ठाउ मा टास्न पाइदैन ।
तर हामी कहाँ चाही जे गरे पनि हुने ।चैत्र २४ देखी ३० सम्म "सफा काठ्मान्डौ हाम्रो काठ्मान्डौ" रास्ट्रीय स्वयसेवा अभियान अन्तर्गत पोस्टर हरु हटाइनेछन र पोस्टर हरु टास्ने नियम व्यस्थित गरिनेछ ।
कुनै बेला नेपाल आएका भारतीय कलाकार नशिरुद्दिन शाह लाई नेपाली फिल्म हेरे नहेरेको बारेमा कुनै पत्रकार ले प्रश्न गर्दा उनले भनेका थिए "नेपाली फिल्म हेरेको त छैन तर नहेरे पनि पोस्टर हेरेरै थाहा हुन्छ यहाँ कस्ता फिल्म बन्छन भनेर" उनको यो जवाफ बाटै अनुमान लगाउन गाह्रो पर्दैन कि नेपाली फिल्म का पोस्टर हरु ले खासमा नया दर्शक हरु लाई कुनै किसिम ले आकर्सित गर्न नै सकेको छैन ।बिकृत तरिकाले टासिएका पोस्टर हरु ले त खाली काठमान्डु लाई कुरुप मात्र बनाएको छ ।

फिल्म प्रचार प्रसार मा शहर को रुप कुरुप नपार्ने गरी फिल्म को बिज्ञापन गरेका कर्ण शाक्यहरु ले मात्र बुझ्न सक्छन उन्ले टास्ने  पोस्टर ले काठ्मान्डु कती कुरुप देखिन्छ भनेर ।                      


तेसैले अहिले रास्ट्रीय स्व्यम्सेवा अभियान कै मौका मा यो पोस्टर टास्ने,भित्ता मा राजनैतिक नारावाजि,slogan आदी इत्यादी लेख्न प्रतिबन्ध नै पो लगाउने पो हो कि ।किनकी सधै भरी यी ब्यापारी ले आफ्नो ब्यापार का लागी हाम्रो काठमान्डु फोहोर अनि कुरुप बनाइ नै रहनेछन अनि हामी भित्ता सफा गर्ने अभियान पर्खेर बसी रहनु पर्नेछ ।त्री चन्द्र कलेज का भित्ता भरी कस्ले हो कुन्नी राम्रा अनि सन्देश मुलक पेन्टिङ देख्दा कती राम्रो भन्न नपाउदै भोली पर्सी पल्टै यी दुस्ट हरु को आखा त्यही भित्ते पेन्टिङ मा परी हालेछ ।जम्मै पोस्टरै पोस्टर ।
तेही भएर यो प्रतिवन्ध लगाउ पहिला अनि भित्ता सफा गर्ने काम तदारुकता का साथ सुरु गरौ अनि अरु कुरा गरौला

"शक्ति जरा इधर आना। दोस्तों क्या आप नेपाल से आए शक्ति से मिले हैं। कैंप में यह बेहतरीन प्रदर्शन कर रहा है। जरा इसके लिए तालियां तो बजाइए"
राजस्थान रोयल्स का क्याप्टेन  राहुल द्रविड ले हाम्रा शक्ति गौचन को तारिफ गर्दै टीम मेम्बर हरु को अगाडी उनलाई  हौस्याउदै परिचय गराउदै भनेका थिए /तेत्ति नै खेर को अवस्था बर्णन गर्दै शक्ति ले भने "म द्रविड भन्दा लगभग १० मीटर जति टाढा थिएँ। प्राक्टिस म्याच मा एकजना खेलाडी लाइ रन आउट  गरे पछी द्रविड ले मलाइ बोलाए।तर मलाइ अफ्ट्यारो लागि राथ्यो किनभने द्रविड संगै Australian ब्राड हज, सन् टेट पनि  पनि संगै थिए।मलाइ पहिला सबै संग परिचय गराए अनि द्रविड ले मेरो तारिफ गरे।
शक्ति दङ्ग छन्... द्रविड को प्रसंशा ले अनि तेत्ति मात्रै कहा हो र भर्खरै सम्पन्न T20 World Qualifiers मा ४ Wickets सहित ह्याट्रिक समेत गरेका उनले द्रविड लाइ नै Clean बोल्ड गरे अनि ब्राड हज लाइ २ पटक LBW आउट गराए।यो प्रसङ्ग मा उनले सुनाए "मैले द्रविड लाइ बोल्ड गर्दा त्यसको खुशियाली मनाउन चाहन्थे तर त्यो नेट प्राक्टिस मात्र थियो  त्यसैले आफैले आफैलाई शान्त राखे।
 यी माथिका हरफ हरु ले खुशी पारिरहदा शक्ति आफु भने दुखि छन् . उनि आफु लाइ नै थाहा छैन उनि IPL को पाचौ संस्करण मा खेल्दै छन् कि छैनन्।

यो मेडियामा काम गर्ने मन धेरै पहिला देखि थियो.. धेरै ठाउँ मा धेरै काम गरियो... अहिले धेरै पछि एउटा समाचार मुलक ब्लग बनाउनेकी भन्ने सोच दिमाग आयो.. अनि यो १५ दीन देखि लगातार लागि पर्या छु.. केटो ले अब एउटा राम्रो ब्लग सुरु गर्यो.. गर्यो.. तपाइँहरु ले चाहि पढ्दै गर्नु होला ... परेको म बेहोरुला.....
श्री पशुपति नाथ ले कल्याण गरुन..